ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पले क्षति पुर्रयाएको जिल्ला अस्पताल भवनको शिलान्यास


admin
११ बैशाख २०७५, मंगलबार   ७ : ३४   बजे

नुवाकोट, ११ वैशाख।  तीन वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पुगेको जिल्ला अस्पताल त्रिशूलीको आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी आर्यालले शिलान्यास गर्नुभयो ।

नुवाकोट, रसुवा, धादिङलगायतमा सेवा पु¥याउँदै आएको उक्त अस्पतालको नयाँ भवन निर्माणले नागरिकको स्वास्थ्य गुणस्तर बनाउने राज्यको लक्ष्य पूरा गर्न सक्षम हुने विश्वास लिएको राज्यमन्त्री अर्यालले बताउनुभयो ।

“भूकम्पले क्षति पुगेका संरचना निर्माण गर्ने सरकारको लक्ष्य अन्तिम चरणा पुगेको छ”, उहाँले भन्नुभयो “अब बनाइने भवन भूकम्पलगायतका विपद् प्रतिरोधी बनाएर सुरक्षित स्वास्थ्य संस्था निर्माण गर्न लागेका छौँ ।”

सरकारले प्रत्येक स्थानीय तहमा एक÷एकवटा अस्पताल निर्माण गर्ने योजनासमेत रहेको राज्यमन्त्री अर्यालले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्ला अस्पताल निर्माणका लागि जग्गाको अभाव भएकाले त्यसको व्यवस्थापनमा आफू सक्रिय रहेको बताउनुभयो ।

भूकम्पले क्षति पुगेको अस्पतालको पुनःनिर्माणका लागि कोरियन सहयोग नियोग (कोइका)मार्फत रु २० करोड लगानीमा निर्माण शुरु गरेको नेपालका लागि कोरियाका राजदूत पार्क योङसीकले जानकारी दिनुभयो ।

पचास श्ययाको जिल्ला अस्पताल विसं २०७६ फागुनसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । तीन तलाको अस्पतालमा १११ कोठा रहने र विपद् प्रतिरोधात्मक हुने स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालको संरचना भूकम्पले क्षतिग्रत भएपछि जर्मन सहयोग नियोग (जिआइजेड)ले निर्माण गरेको १५ श्यया क्षमताको प्रिफ्याक भवनमार्फत सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group