ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बच्चालाई अधिक मोबाईल चलाउन दिँदा दीर्घकालमा आखाँमा समस्या


admin
१२ बैशाख २०७५, बुधबार   ३ : २७   बजे

काठमाडौ, १२ वैशाख । मोबाइलको अधिक प्रयोगबाट बच्चाहरुको आँखामा विस्तारै असर पर्ने गर्दछ। मोबाइलमा रमाउने बच्चाहरुको दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका नेत्ररोग विशेषज्ञ वसन्त पौडेलका अनुसार स–साना नानीहरुको आँखाको रोगको एउटा कारण मोबाइल पनि हुने गरेको छ । नयाँ बिरामी २०० तथा पुरानो बिरामी २०० गरी दैनिक ४०० भन्दा बढी आँखाका रोगीको उपचार सेवा दिँदै आएको त्यस केन्द्रमा विशेष गरी मोतियाबिन्दु, आँखाको पर्दा च्यातिएको समस्या भएका आँखा रोगी, सुगर तथा प्रेसरका कारण उत्पन्न हुने आँखा रोगी, उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ ।

विशेषज्ञ पौडेलले भने – गर्मी मौसम पनि शुरु भइसकेकाले आँखाका बिरामी विशेष गरी सतर्क हुनुपर्छ । यो समयमा स–साना बालबालिकालाई आँखा रातो हुने तथा आँखा पाक्ने समस्या उत्पन्न हुन्छ ।

आँखा शरीरको महत्वपूर्ण अंग भएकाले हरेक व्यक्तिले कम्तीमा छ महिनामा एकपटक आँखाको जाँच गराउनुपर्छ र सन्तुलित भोजन विशेष गरी सागपात बढी सेवन गर्नुपर्ने सुझाव उनी दिन्छन् । त्यस्तै, स–साना बालबालिकाले अक्षर पढ्दा अति नजिक राखेर पढ्ने बानी गर्न नहुने, डिमलाइट तथा वाइडलाइटमा पुस्तक पढ्ने गर्नाले पनि आँखालाई समस्या हुने पौडेलको धारणा छ ।

उमेर अनुसार अर्थात ४५ वर्ष नाघेका व्यक्तिमा मोतियाबिन्दु रोग लाग्न सक्ने सम्भावना हुन्छ । आँखाको पर्दा च्यातिएर हुने समस्या विशेष गरेर चोटपटक लागेर वा दुर्घटना भएर हुने गरेको छ ।

अर्को कारण हो माइनस १५ देखि माइनस २० पावरको चस्मा लगाउने व्यक्तिमा पनि आँखाको पर्दा च्यातिन सक्ने सम्भावना हुन्छ । उनका अनुसार माइनस १० पावरको चस्मा लगाउने आँखा रोगीले समय समयमा जाँच गरेर आँखाको ख्याल राख्नुपर्छ ।

केन्द्रमा आँखा जँचाउन आउनुभएका रामेछापका सुरेश घिमिरेले आँखाको ज्योति नै मेरो सम्पत्ति भएकाले हरेक वर्ष आफैँले आँखा जाँच गराउँदै आएको बताए । कामको सिलसिलामा कम्प्युटर, ल्यापटप तथा मोबाइलको प्रयोगले आँखा अलि कति कमजोर भएको अनुभूति आफूलाई लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group