ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको एजेन्डा सुशासन, स्थिरता र विकास – प्रचण्ड ( भिडियोसहित )


एबीसी न्यूज
१३ बैशाख २०७५, बिहिबार   १२ : ०५   बजे

रौतहट, १३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले अबको हाम्रो एजेन्डा सुशासन, स्थिरता र विकास रहेका बताउनु भयो । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिवेलामा बाटोको शिलान्यास गर्नु हुदै प्रचण्डले हामीसँग स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार रहेको हुनाले आन्दोल, क्रान्ति र परिवर्तन अबको एजेन्डा नभएर सुशासन, स्थिरता र विकास रहेको कुरा बताउनु भएको हो ।

पुर्व प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा रौतहटको ऐतिहासिक भुमिका र चन्द्रपुरको पनि एउटा रणनैतिक भुमिका रहेको बताउनु भयो । उहाँले रौतहट जिल्ला नेपालको इतिहासमा २००६ सालमा कम्युनिष्ट गठन र २००४ सालमा काँगे्रस गठन भए देखि नै राजनीतिकको केन्द्र बिन्दु बन्दै आएको बताउनु भयो । विभिन्न आन्दोलनमा खेलेको भुमिकाको कारणले र यहाँ रहेको सम्भावनालाई हेर्दा रौतहट जिल्लाले पनि देश विकास निर्माणको काममा तिब्रताको गति लिन सक्ने र चाडै नै २ नम्वर प्रदेशको चन्द्रपुर र सिमरामा सेवा केन्द्रको स्थापना हुने समेत बताउनु भएको थियो ।

सोही शिलान्यास कार्यक्रममा पुर्व सहरी विकास मन्त्री तथा प्रतिनिधी सभा सदस्य प्रभु साहले जसरी रौतहटले नेपालमा जनयुद्धको सफल पार्न तथा गणतन्त्र स्थापनार्थ एक नम्वर भुमिका खेल्यो त्यसै गरि विकास निर्माणको काममा पनि रौतहट देशकै एक नम्वर स्थानमा नै रहने बताउनु भएको हो ।

उक्त कार्यक्रममा नेकपा एमालेकी प्रतिनिधी सभा सदस्य कल्याणी खड्काले चन्द्रपुर नगरपालिका जिल्ला कै राम्रो पर्यटकिय सम्भावना बोकेको हुनाले पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके यसबाट सयौ युवाहरु विदेशिनबाट रोक्न सक्ने बताउनु भएको थियो । सो शिलान्यास कार्यक्रममा नेपाली काँग्रेस रौतहट क्षेत्र नम्वर–४ का प्रतिनिधी सभा सदस्य देव प्रसाद तिमलसिना लगाएतका वक्ताले देशका राजनीतिक र रौतहटका विकास निर्माणका बारेमा स्थानिय तथा केन्द्र सरकारले ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए ।

https://www.youtube.com/watch?v=GEcqUwlmX0A

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group