ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समृद्ध बागलुङ’ बनाउने संकल्प


एबीसी न्यूज
१४ बैशाख २०७५, शुक्रबार   ११ : ५२   बजे

बागलुङ, १४ वैशाख।  संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बागलुङलाई समृद्ध बनाउने संकल्प गरेका छन् ।

जिल्ला समन्वय समितिले बिहीबार गरेको जिल्लाको विकाससम्बन्धी बहसमा त्यस्तो साझा अठोट लिइएको हो । बजेट, कार्यक्रम ल्याउनेदेखि नीति बनाउने तहमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनप्रतिनिधिबाट आएको छ । जिल्लाबाट संघ र प्रदेशसभामा मात्रै १५ जना जनप्रतिनिधि छन् ।

स्थानीय तहलाई सशक्त तुल्याउँदै प्रदेश र संघमा जिल्लाका मुद्दा सम्बोधनमा कुनै कमी आउन नदिने बताइएको छ । जिल्लाको क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले पूर्वाधार विकासमा जोड दिइने बताउनुभयो ।

चालू अवस्थाका आयोजना समयमै पूरा गर्ने र नयाँ योजना पार्नेतिर पहल अगाडि बढाइएको उहाँको भनाइ छ । “बागलुङको समृद्धि हाम्रो एकमात्र लक्ष्य हो”, उहाँले भन्नुभयो, “जिल्लाको विकासमा हामी सासंदहरुको सामूहिक पहल अघि बढेको छ ।”

प्रतिनिधिसभाका अर्का सदस्य सूर्य पाठकले प्रदेश र स्थानीय तहमै बढी अधिकार आएकाले संघको भूमिका बढी समन्वयात्मक हुने बताउनुभयो । “प्रदेश र स्थानीय तहतिरै बढी अधिकार आएको छ”, उहाँले भन्नुभयो, “हामीले त्यही भूमिका बढाउनुपर्छ ।”

जिल्लाको समग्र विकासको खाका र कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले जिल्लाको मागलाई सशक्त रुपमा केन्द्रमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य कोपिला बोहोराले जिल्लाको विकासका लागि दृढ भएर लाग्ने बताउनुभयो । “कुन उपायले हुन्छ, जिल्लाको विकासमा लागिपर्नेछु”, उहाँले भन्नुभयो ।

संघ र प्रदेशसभाका सदस्यहरुले पूर्वाधार विकासमा बढी जोड दिएका थिए । सडक, विद्युत्, खानेपानी, सिँचाइलगायतका पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउनुपर्ने आवाज उठेको छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुखले पनि पूर्वाधार विकासमै जोड दिएका थिए । अन्तरजिल्ला र प्रदेशसमेत जोड्ने सडक केन्द्रीय आयोजनामा समेट्नुपर्ने उनीहरुको माग छ ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरले विकासको खाका बनाउँदा सम्भावना र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले एकीकृत विकासको अवधारणाबाट कृषि, पर्यटन, जलविद्युत् र अन्य पूर्वाधार विकासका क्षेत्रमा काम गर्नुपर्ने सुझाव राख्नुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्यमा पनि जिल्ला पछाडि परेको उल्लेख गर्नुभयो ।
बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले विकासमा सबै पक्षले एक नीति अपनाउनुपर्ने विचार राख्नुभयो । उहाँले सबै दलका चुनावी घोषणापत्रलाई एकीकृत गरी विकासमा जुट्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले विकासका सम्भावना पहिल्याएर केन्द्रदेखि स्थानीय तहको बजेट, कार्यक्रमलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

समितिले केन्द्र र प्रदेशमा माग गर्नुपर्ने विकास आयोजना किटानसमेत गरेको छ । सडक, विद्युत्, पुल, पर्यटन, शिक्षा, कृषि, खानेपानी, स्वास्थ्य, सिँचाइ, उद्योग, व्यापार क्षेत्रलाई जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group