ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्दाबाट दश किलोमिटर सडक निर्माण


एबीसी न्यूज
१६ बैशाख २०७५, आइतबार   ९ : ४६   बजे

 

बाबियाचौर, म्याग्दी, १६ वैशाख।   अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् ।

स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड १७ लाख ८५ हजार ९२० चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी भारानी ताल पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर पुर्जाले बताउनुभयो ।

“राजनीतिक र प्रशासनिक पहुँचको अभावमा पर्याप्त सरकारी बजेट नपाएपछि आफँै स्रोत जुटाएर सडक खनेका हौँ” अध्यक्ष पुर्जाले भन्नुभयो “सरकारी बजेटको तुलनामा कैयौँ गुणा धेरै रकम जुटाएर बनाएको सडकलाई तत्कालीन जिविसले जनसहभागिताको नमूना घोषणा गरी सम्मान गरेको थियो ।”

विसं २०६७ मा महभिरदेखि शुरु भएको सडक निर्माण कार्यले विसं २०७४ पुसमा धार्मिक पर्यटकीयस्थल पेरीभारानी ताल नजिकै पुगेपछि पूर्णताः पाएको हो । उक्त सडक निर्माणमा तत्कालीन हिस्तान गाविस र जिविसले विभिन्न चरणमा करीब रु १० लाख सहयोग रकम उपलब्ध गराएका थिए । सडक मर्मतका लागि चालू आवमा अन्नपूर्ण गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको छ ।

“चट्टानी पहाड र भिरालो भूगोलमा सडक खनेर गाडी गुडाउने चुनौतीलाई चिर्न सफल भएका छौँ” अध्यक्ष पुर्जाले भन्नुभयो “स्थानीयवासीको आर्थिक, भौतिक, नैतिक र सक्रिय सहयोगले सफल भयौँ ।” सडक निर्माणका लागि १९४ जना चन्दादाताले रु दुई हजारदेखि १० लाखसम्म सहयोग गरेका छन् ।

९५ घरधुरीको बसोबास रहेको घराम्दीमा मगर समुदायको बाहुल्यता छ । रोजगारीका लागि बेलायत, हङकङ, अमेरिका, कोरिया, भारत, कतार, साउदीलगायत विश्वका विभिन्न देशका साथै काठमाडौँ, पोखरा, बेनीमा बस्ने घराम्दीवासीले सडक निर्माणका लागि चन्दा सहयोग गरेका छन् ।

सबैभन्दा बढी रु १० लाख ४५२ सहयोग गरेका घराम्दी घर भई हाल बेलायत निवासी होमबहादुर फगामी र ९४ वर्षीया ज्येष्ठ नागरिक तिलीसरा गर्बुजाले शनिबार घराम्दीको धुपीसानमा आयोजित समारोहमा चन्दादाताको नामावली विवरण लेखिएको ताम्रपत्रको अनावरण गरेर सडकको उद्घाटन गर्नुभयो ।

सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेपछि स्थानीयवासीलाई सदरमुकाम बेनी, गाउँपालिकाको केन्द्र पोखरेबगर, तिप्ल्याङ बजारमा आवतजावतका लागि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष तथा व्यवस्थापक तीर्थबहादुर फगामीले बताउनुभयो ।

“महभिरदेखि घराम्दीसम्म करीब दुई घण्टाको उकालो पैदलयात्रा गर्नुपर्ने बाटो अहिले ३० मिनेटमा छोटिएको छ” फगामीले भन्नुभयो “बिरामीलाई समयमै अस्पताल पुराउन सकिएको छ, ढुवानी खर्च घटेको छ, विकास निर्माणको काम गर्न सजिलो भएको छ ।”

गाउँमा उत्पादन भएको आलु, तरकारी, खसीबोका निकासी तथा निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न सजिलो भएको छ । घराम्दी गाउँ आलु खेतीको पकेट क्षेत्र पनि हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group