ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला हिंसाविरुद्ध अभियान शुरु


एबीसी न्यूज
२३ बैशाख २०७५, आइतबार   ९ : २८   बजे

 

रत्ननगर, चितवन, २३ वैशाख (रासस) ः मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी अभियान शुरु गरिएको छ ।

पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी गराउन सके घटना न्यूनीकरण हुने भन्दै चितवनको कालिका नगरपालिकामा मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान शुरु गरिएको हो ।

मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्धको कार्यक्रमअन्तर्गत पदमपुरको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र कालिका पुरुष रक्षक समूहद्वारा शनिबार पदमपुरमा आयोजित कार्यक्रममा बोल्दै सहभागीले हिंसा र बेचबिखन रोक्न शुरु भएको अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
कार्यक्रममा प्रदेश नं ३ का सदस्य घनश्याम दाहालले महिलालाई मनोरञ्जन गर्ने साधनका रुपमा मात्रै हेर्ने गरेको भन्दै पुरुष सच्चिनुपर्नेमा जोड दिनुभयो । मानव बेचबिखन र हिंसाविरुद्ध काम गर्दै आएको संस्था केआई नेपाल, चेली नेपाल तथा कालिका नगरपालिका, इलाका प्रहरी कार्यालय रत्ननगर, नेपाल शिक्षक महासंघ कालिका समिति र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा कार्यक्रम भएको थियो ।

केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले हिंसाविरुद्ध पुरुष जिम्मेवार हुनुपर्छ भनेर यो अभियान थालिएको भन्दै सबैको हातेमालो जरुरी रहेको औँल्याउनुभयो । बालिका हुने बित्तिकै भ्रूण हत्या गरेर हिंसाको शुरुआत हुने गरेको तीतो यथार्थ पोख्दै भट्टराईले महिला र बालिका जोगाउनुपर्नेमा जोड दिनुभयो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा पनि हिंसाका घटना हुने गरेको स्मरण गर्दै यो अभियानले हिंसाका घटना रोक्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

महिला अधिकारकर्मी संगीता भट्टराईले म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भए प्रतिकार गर्छु भनेर सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । सोही क्रममा स्थानीयवासीले हिंसा र बेचबिखनविरुद्ध चेतनामूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हिंसाविरुद्ध अभियान चाल्दै आएका अमेरिकाका १३ जना अभियन्ताको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Murcia Region Demands Answers After Migrant Boat Lands on Crowded Beach

Zionism and Islamism: A Decades-Long Ideological Clash Shaping the Middle East

Thirteen Tunisians Missing After Migrant Boat Capsizes Off Coast

Guyana’s Ambassador Leads Early Race for Next UN Secretary-General

Iranian President Calls for End to War with US ‘From Position of Strength’

Drug Abuse Rising Among Youth in Nepal’s Madhes Province

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu