ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावसँगसँगै सीमा फेरबदल लोकतन्त्रकै उपहास : ओली


admin
१४ असार २०७४, बुधबार   ७ : २४   बजे

काठमाडौँ, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव भइरहँदा सीमा परिवर्तन गर्न खोज्नु लोकतन्त्रको उपहास भएको बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले सीमा फेरबदल र मत च्यात्ने कार्यले लोकतन्त्रको सुदृढीकरणमा बल नपुग्ने बताउनुभयो ।

जनादेशको सम्मानका लागि निष्पक्ष चुनाव हुनुपर्नेमा जोड दिँँदै अध्यक्ष ओलीले जननेता भण्डारीद्वारा प्रतिपादित जनताको ‘बहुदलीय जनवाद’ मा स्थानीय सरकार स्वायत्त र सुशासनयुक्त भएमा मात्र जनताको आर्थिक–सामाजिक रुपान्तरण हुनसक्ने विचार समेटिएको बताउनुभयो ।

नेपाली काँग्रेसका डा रामशरण महतले भण्डारीको दूरदर्शीताको सराहना गर्दै स्थानीय तहलाई जति धेरै अधिकार प्रत्यायोजन गर्न सकिन्छ त्यति धेरै जनता सबल हुनेछन् भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले स्वायत्त स्थानीय तथा प्रदेशका संरचना सामाजिक न्याययुक्त समृद्ध नेपाल निर्माणको आधार भएको बताउनुभयो ।

सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक डा शिवजी यादवले शक्ति केन्द्रका रुपमा जनतालाई स्थापित गर्न देशमा निर्वाचनको खाँचो रहेको बताउनुभयो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जीतेन्द्रदेवले मधेसमा रहेका समस्यालाई हल गर्न एमालेका नेता भण्डारीले गठन गरेको कार्यदलमा आफू सदस्य भई काम गरेको स्मरण गर्दै मुलुकमा विकास र समृद्धि ल्याएर मात्र जननेता भण्डारीको सम्मान गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

फाउन्डेसनले धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापकद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । यो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

फाउन्डेसनका अध्यक्ष उषा किरण भण्डारीले मुलुकमा प्रजातान्त्रिक प्रणालीको स्थापनामा जननेता भण्डारीको योगदानको चर्चा गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group