ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानलाई संशोधन गरेर सर्वस्वीकार्य बनाउन सबैको जिम्मेवारी- नेता गच्छदार


admin
२ जेष्ठ २०७५, बुधबार   ६ : ३७   बजे

विराटनगर, २ जेठ।  नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट मुलुकको विकास र समृद्धिमा सघाउ पुग्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारतीय प्रधानमन्त्रीसँगको भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनुपर्ने शुभकामना दिनुभएको जानकारी दिनुभयो ।

नेता गच्छदारले जनकपुरमा मित्र राष्ट्रको सरकार प्रमुखको अभिनन्दन समारोह संविधानप्रति असन्तुष्ट पोख्ने उपयुक्त थलो नभएको बताउँदै मधेशी जनताको संविधानप्रतिको असन्तुष्टि संसद्बाट संशोधन गरी समाधान गर्न सकिने स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली जनताको लामो त्याग, बलिदान संर्घष एवं प्रतिनिधित्वबाट निर्माण गरिएको ‘हाम्रो राम्रो संविधान’ न पहिले बनेका थियो न अब फेरि बन्ने छ भन्दै यसलाई विवादित नबनाई संशोधन गर्दै सर्वस्वीकार्य बनाउन सबैको जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसंमा उहाँले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच २०७४ असोज २९ गते भएको सहमति पार्टीले कार्यान्वयन गर्ने बताउँदै यस विषयमा पार्टीका अरु नेताहरुले के भन्छन् त्यस सम्वन्धमा चासो नभएको बताउनुभयो ।

नेता गच्छदारले काँग्रेसभित्रको गुट उपगुटलाई एक ढिक्का बनाइ राष्ट्रिय राजनीतिमा अगाडि लैजान फोरम लोकतान्त्रिक र काँग्रेसबीच भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group