ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बस अयोध्याबाट फर्केपछि अनिश्चितकालको लागि थन्कियो


admin
३ जेष्ठ २०७५, बिहिबार   २ : ४३   बजे

धनुषा, ३ जेठ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ ।

दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप लगाएका छन् । मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बस सेवा नियमित सञ्चालन हुन कम्तीमा ६ महिना लाग्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

गत वैशाख २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा शुभारम्भ गर्नुभएको थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोज सिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर आइतबार फर्किएपछि हाललाई अनिश्चितकालका लागि सेवा बन्द गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्ग जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बस सेवा रोकिएको हो । मन्त्रालयले बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल जनकपुर अयोध्या सिधा बस नियमित सञ्चालन हुन नसक्ने जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माले जनकपुरदेखि अयोध्यासम्मको रुट, बस भाडा, रोकिने स्थललगायत प्राविधिक पक्षमा सहमतिपछि नियमित बस सञ्चालन गर्नुपर्ने भएकाले दुवै देशको संयुक्त बैठक छिट्टै बसेर निर्णय गर्ने शर्माले जानकारी दिनुभयो । बस सेवा रामायण सर्किट हुँदै सञ्चालन गर्नुपर्ने भएकाले पनि रुट तय गर्न संयुक्त कमिटी बैठक बस्न लागेको बताइएको छ । रामायण सर्किटमा कुन–कुन स्थल जोडिने भन्ने तय हुन अहिले बाँकी नै छ । सीताको जन्मस्थल जनकपुर, रामले धनुष भाँचेको धनुषाधाम, वाल्मीकि आश्रम त्रिवेणीलाई रामायण सर्किटमा जोड्ने बताइएको भए निश्चित हुन बाँकी छ ।

दुवै देशका प्रधानमन्त्रीबीच भेट हुने अवसर विरलै आउने भएकाले मोदीको भ्रमणका क्रममा सांकेतिक रुपमा बससेवा सञ्चालन गरिएको मन्त्रालयलले जनाएको छ । राम र सीताको चरण परेका स्थललाई जोड्ने क्रममा भारतको सीतामढी भएर अयोध्याका लागि बस सेवा सञ्चालन हुनेछ । सीतामढी हुँदै अयोध्या पुग्न करीब १२ घण्टा लाग्छ । जनकपुरबाट अयोध्याको दूरी ५४४ किलोमिटर छ । पहिलोपटक जनकपुरबाट अयोध्या गएको बसको यात्री बनेर फर्किनुभएकी जनकपुरकी उपप्रमुख मिश्रले आफूहरु भिट्टामोड हुँदै भारतीय राजमार्गबाट अयोध्या पुगेको बताउनुभयो । उहाँले करीब १० घण्टाको यात्रापश्चात् जनकपुरबाट अयोध्या पुगेको थियो ।

प्रदेश नं २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बसको रुट, भाडा र बस चलाउने कम्पनी सहितका निर्णय केन्द्र सरकारले गर्ने भएकाले कहिलेबाट नियमित सञ्चालन हुने अहिले केही भन्न नसकिने बताउनुभयो ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बसको भाडा, रोकिने स्थल, बस सेवा नेपाली वा भारत कुन कम्पनीले सञ्चालन गर्ने लगायतका निर्णय हुनुपर्दछ । सम्भवतः हाल काठमाडौँ दिल्ली चलिरहेको बस से बमोजिम नै जनकपुर अयोध्या बस सेवा सञ्चालन हुने सम्भावना रहे पनि त्यसका लागि केही महिना कुर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group