ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पैशा नदिएपछि शारीरिक सम्बन्धको भिडियो श्रीमानको च्याटमा पठाउने युवक सुर्खेतमा पक्राउ


एबीसी न्यूज
६ जेष्ठ २०७५, आइतबार   ८ : ४९   बजे

 
सुर्खेत, ६ जेठ  । फेसबुकमा कुराकानी गरेको आधारमा करिब नौ महिनाअघि दैलेखका एक युवकले पूर्वी नेपालकी एक युवतीसंग प्रेम सम्बन्ध कायम गरे । सुर्खेतको पिपीरा बस्दै आएका दैलेखका जीवन शाही आफ्नो डिभाईसबाट विभिन्न फेसबुक अकाउण्ट बनाएर चलाउँथे । उनले आफ्ना विभिन्न फेसबुक आईडीको प्रयोग गर्ने क्रममा एउटा आईडीबाट पूर्वी नेपालकी एकजना युवतीसंग च्याटमा कुरा गरेर प्रेममा पार्न सफल भए ।

उनले प्रेम सम्बन्ध मात्र कायम गरेनन्, जोडिएको प्रेम सम्बन्ध र फेसबुक अकाउण्टको दुरुपयोग गरेर ती युवतीबाट रुपैयाँ लिने कार्य गरे । उनले विस्तारै युवती बाट नगद र अन्य गरि करिब ३ लाख बराबर लिए ।

जीवनले केही महिनाअघि जोडिएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने आश्वासनमा युवतीलाई सुर्खेत बोलाएका थिए । सुर्खेतको एक होटलमा ती युवतीलाई लिएर गएका उनले दुईजनाबीच भएको यौन सम्बन्धको भिडियो बनाए । त्यसपछि विभिन्न कारण देखाउँदै उनले पूर्वी नेपालकी ति युवतीसंग विवाह गर्न नसक्ने भनेर बताए । केटीले अर्को ठाउँमा विवाह गरिन् ।

त्यसअघि प्रेम सम्बन्धमा हुँदा बनाइएको उक्त भिडियो सार्वजनिक गरिदिने भनेर धम्काउँदै उनले युवतीबाट समय समयमा रुपैयाँ असुली रहे । ‘विगतमा केटीसंग केही सम्बन्ध थियो। त्यसैका आधारमा बल्याकमेलिङ् गर्दै युवतीसंग केही पैसा लिने गरेको रहेछ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले भने, ‘उसले केटीसंग थप पैँसा माग्दा केटीले छैन भनेपछि उसले युवतीको श्रीमानको च्याटमा भिडियो पठाईदियो ।’

युवतीका अनुसार जीवनले उनीसंग पछिल्लो समय थप २ लाख रुपैयाँ मागेका थिए । उनका नुसार आफूसंग नभएका कारण आफूले रकम दिन नसक्ने बताएपछि जीवनले श्रीमानको फेसबुक च्याटमा शारिरीक सम्बन्ध राखेको भिडियो पठाईदिएका थिए । ती युवतीको श्रीमानको फेसबुक च्याटमा भिडियो पुगेको केही दिनमै पिडित युवतीले सुर्खेत आएर न्याय माग्दै प्रहरीमा उजुरी दिएकी थिइन् । सोही दिनको भोलीपल्ट नै प्रहरीले जीवनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ । युवती भने आफूलाई उचित न्यायसहित क्षतिपुर्तिका माग गर्दै प्रहरीसमक्ष उजुरी दिएकी छन् । सुर्खेत प्रहरीले सार्वजनिक मुद्दा चलाएर पिडक जीवनको अनुसन्धान गरिरहेको छ । यसरी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरेर युवतीलाई समस्यामा पारेका जीवनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । विद्युतीय ऐनअन्तर्गत मुद्दा चलाउन लागि महानगरीय प्रहरी परिसर काठमाण्डौँबाट नै निवेदन दिनुपर्ने भन्दै सुर्खेत प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Canada-US Trade War Escalates as Alliance Fractures

European Wildfires Uncover Lethal Relics of WWI and WWII

Iran Permits Iraqi Oil Tankers Through Strait of Hormuz After Baghdad Requests

Private Equity Firms Increasingly Invest in Struggling Football Clubs

Supreme Court Allows Trump’s White House Ballroom Project To Continue Despite Lawsuit

Palestinian Teenager Killed by Israeli Settlers in West Bank

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu