ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


एबीसी न्यूज
९ जेष्ठ २०७५, बुधबार   १२ : ५८   बजे

 

नेपालगञ्ज, ९ जेठ । बाँके जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ ।  तीन सय कैदीबन्दी बस्न सक्ने क्षमताको सो कारागारमा अहिले ६५५ कैदीबन्दी रहेको कारागार प्रमुख मोहन लामिछानेले बताउनुभयो ।

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको नेपालगञ्जस्थित बाँके जिल्ला कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको भनाइ छ ।

यसलाई नै दृष्टिगत गरी अहिले बाँके जिल्लाको गनापुरमा खुल्ला कारागार निर्माणकार्य समेत शुरु गरिएको छ । प्रजिअ केसीका अनुसार, आठ बिगहा क्षेत्रफलमा फैलिएको सो खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण भइरहेका छन् ।

यसैगरी, बाँकेकै नौवस्तामा पनि १० बिगहा क्षेत्रफलमा नेपालगञ्ज कारागारको निर्माणकार्य थालिएको छ । यी दुबै कारागारको निर्माण कार्य पाँच वर्षभित्र सक्ने गरी समय निर्धारण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

“यी दुबै कारागार निर्माण भएपछि सम्भवत् नेपालगञ्जको मानव बस्ती बीचमा रहेको बाँके जिल्ला कारागार त्यहाँ नरहन सक्छ,” प्रजिअ केसीले भन्नुभयो ।

यसैबीच, बाँके जिल्लाका अधिकारकर्मीले बाँके जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको अनुगमन निरीक्षण गरेका छन् । अधिकारकर्मी वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी र चित्रबहादुर केसीको टोलीले गरेको अनुगमन निरीक्षणपछि कारागार र थुनुवा कक्षको अवस्था सुधारका लागि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Second World Humanoid Robot Games Underway in Beijing

Taiwan Business Leaders Advocate Deeper Cross-Strait Supply Chain Ties

Iran Issues Warning to Neighbors Amid Escalating Economic Tensions With U.S.

Anhui Province Forges Ahead as China’s High-Tech Hub

APEC Economies Urged to Lower Trade Barriers, Strengthen Supply Chains

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu