ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरेको बयान लिन सुरु


admin
९ जेष्ठ २०७५, बुधबार   ४ : ३५   बजे

विराटनगर, ९ जेठ । मोरङ जिल्ला अदालतमा साढे ३३ किलो सुन तस्करी तथा सनम हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेति गोरेको बयान बुधबारदेखि सुरु भएको छ। काठमाडौंमा मंगलबार बिहान प्रक्राउ परेका उनलाई सोही दिन दिउँसो मोरङ जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो।

उनको बयान लिने काम कार्यालय समय १० बजे नै सुरु भएको अदालतका एक अधिकारीले जानकारी दिए ।

अदालत अधिकारीले बयान लिने कार्य जारी रहेको र आज दिनभरसम्म लाग्‍न सक्ने बताए । बयान कार्य सकिएपछि गोरेमाथि थुनछेक बहस सुरु हुनेछ।

गोरेमाथि २०६९ सालदेखि सुन तस्करीमा लाग्दै आएको र यसै क्रममा गत फागुन १९ गते सनम शाक्यको हत्या भएपछि उनी फरार रहेका थिए। जिल्ला सरकारी वकिल कार्यालय मोरङले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैया बिगो माग गर्दै जिल्ला अदालत मोरङमा यस घटनामा संलग्न ६३ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो।

सो क्रममा मंगलबार पूर्व डीआइजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्धय प्रजित केसी, सञ्जय राउत र सइ बालकृष्ण सञ्जेलसहित अन्यलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।

त्यसैगरि, प्रतिवादीहरु राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, मोहन काफ्ले, राजन कुमार, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, चन्दन भनिने विरेन्द्रमान श्रेष्ठ, पुण्यप्रसाद लामा तामाङ, दोराम खत्री, हेमन्त गौतम, कपिलराज पुरी, लालबहादुर मगर, सम्बीरप्रसाद तोलाङ्गे, राजु महर्जन, राजन थापा, तुलाराम थारु, अमरमान डंगोललाई थुनामा राख्‍न अदालतले आदेश दिएको छ।

एसएसपी श्याम खत्रीका अंगरक्षकका रुपमा विमानस्थलमा कार्यरत प्रहरी हवल्दार अमरबहादुर थापालाई तारेखमा छुटेका छन्। उनीसंगै अर्का प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार रुपैया धरौटीमा छुटेका छन्।

त्यसैगरि, छानविन आयोगको दोश्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका दमकका विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठको म्याद थप गरिएकोछ। यस मुद्धामा अझैपनि ३३ जना अभयुक्त फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहि)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group