ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजविराज विमानस्थलबाट सफलतापूर्वक परिक्षण उडान


admin
९ जेष्ठ २०७५, बुधबार   ४ : ५४   बजे

सप्तरी, ९ जेठ । आन्तरिक उडान सेवा बन्द भएको ११ वर्षपछि राजविराज विमानस्थलबाट विमान सेवा पुनः संचालनमा आउने भएको छ । विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि आउँदो केही दिनमै नियमित उडान सुरु हुने भएको हो । जसकारण सप्तरीवासीको दशकौंदेखीको जहाजमा उड्ने सपना साकार समेत भएको छ ।

सदरमुकाम राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा अवस्थित विमानस्थलबाट बुधबार श्री एयरलाइन्सको ५० यात्रु सिट क्षमता भएको सिआरजे–२०० जेट इन्जिन विमानले परिक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।


परिक्षण उडानमा सेप्mटी डिपार्टमेन्टका क्याप्टेन डिआर निरौला र प्रशिक्षका पाइलटद्वय प्रज्जवल अधिकारी र राजेश श्रेष्ठ सहभागि भएका थिए । पाइलट श्रेष्ठले यस विमानस्थलबाट नियमित हवाई सेवाका लागि कुनै समस्या नदेखिएको प्रतिक्रिया दिए । परिक्षण उडान हेर्न विमानस्थलमा सर्वसाधारणको ठूलो भिंड लागेको थियो ।
नेपाल नागरिक उडययन प्राधिकरण राजविराज विमानस्थल परियोजना प्रमुख रामएकवाल महतोले नियमित उडानका लागि भने अझै केही प्राविधिक विषय मिलाउनु पर्ने भएकाले केही समय लाग्ने बताएका छन् ।

३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुँपैयाको लागतमा कुल १ हजार ५ सय मिटर लामो तथा ३० मिटर चौडा धावन मार्ग ग्राभेल, पिचिङ, ट्याक्सी–वे, एप्रोन कालोपत्रे भई र मार्किङ गर्ने काम सकिएपनि टावर र टर्मिनल भवनको केही काम बाँकी नै रहेकाले नियमित उडानमा केही समय लाग्ने प्रमुख महतोले बताए । उनले नियमित विमान सेवा सूचारुका लागि नागरिक उडययन प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र र उपकरण जडानका लागि पुगिसकेको र धमाधम काम भइरहेको जानकारी समेत दिए ।

बिस. २०१६ सालमा तत्कालिन उद्योगमन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । पछिल्लो पटक २०६४ साल मंसिर २ गते देखी यस विमानस्थलबाट हवाई सेवा पुर्ण रुपमा ठप्प रहेको छ ।

यता विमानस्थलका लागि जग्गा दान गरेका जग्गादाताका छोरा माहामाया प्रसाद सिंहले सप्तरीवासीले देखेको सपना अब साकार हुने भन्दै सरकारलाई धन्यावाद समेत दिएका छन् । उनका बुबा स्व. रुद्र नारायण सिंहले विमानस्थलका लागि ५५ मध्ये ४८ विगहा जग्गा दान दिएका थिए ।

यसैबीच बिहीबार (भोली) राजविराज विमानस्थलबाट विमान सेवा संचालनको उद्घाटन तथा स्थालगत निरिक्षणका लागि पर्यटन तथा नागरिक उडययन मन्त्री रबिन्द्र अधिकारी, पूर्व नागरिक उडययन मन्त्री जितेन्द्र नारायण देव तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतको टोली आउने कार्यक्रम तय भएको परियोजना प्रमु्ख महतोले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group