ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रयोगकर्तासँग फेसबुकले नै माग्न थाल्यो नग्न तस्वीर


एबीसी न्यूज

काठमाडौँ १० जेठ ।  फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ ।

प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो ।

फेसबुकले आफ्ना प्रयोगकर्ताको नग्न तस्वीर किन मागेको होला ? धेरैको मनमा स्वाभाविक रुपमा प्रश्न उब्जिन सक्छ । तर प्रयोगकर्ताकै सुरक्षाका लागि यसरी नग्न तस्वीर मागिएको फेसबुकले प्रष्ट पारेको छ ।

कतिपय प्रयोगकर्ताहरु कसैको बदलाको भावनाबाट शिकार बन्दै आएको उल्लेख गर्दै फेसबुकले त्यस्ता प्रयोगकर्तालाई जोगाउनका लागि नग्न तस्वीर मागिएको जनाएको छ ।

फेसबुकमा कतिपयले अरुको नग्न तस्वीर पोस्ट गर्ने, म्यासेन्जरमा पठाएर ब्ल्याकमेलिङ गर्ने लगायतका गतिविधि बढ्न थालेको भन्दै फेसबुकले त्यस्ता गतिविधि नियन्त्रण गर्नका लागि प्रयोगकर्ताहरुको नग्न तस्वीर मागिएको प्रष्ट पारेको छ ।

फेसबुकका अनुसार कसैसँग तपाईको नग्न तस्वीर छ भन्ने लाग्छ र उसले तपाईको नग्न तस्वीर फेसबुकमा पोस्ट गर्न सक्छ भन्ने लाग्छ भने तपाईलाई यो प्रविधिबाट जोगाउन सकिन्छ ।

सबुकले बेलायत, अमेरिका र क्यानाडामा यो प्रविधि प्रयोग गर्न थालेको छ । फेसबुकका एक प्रवक्ताका अनुसार प्रयोगकर्ताका लागि यो एक खुला प्रस्ताव हो, तस्वीर पठाउन करकाप भने छैन ।

फेसबुकका अनुसार प्रयोगकर्ताले पठाएको तस्वीरलाई पाँचजनाको एउटा समूहले हेर्नेछ । ती पाँचैजना प्रशिक्षित समीक्षक हुन् । त्यसपछि सबै तस्वीरलाई एक खास डिजिटल फिंगरप्रिन्ट दिइनेछ ।

ती तस्वीरलाई डाटाबेसको रुपमा एउटा कोड स्टोर गरिन्छ । ती तस्वीर कुनै पनि प्रयोगकर्ताले फेसबुकमा अपलोड गर्न खोजेमा उक्त कोडले तस्वीर सनाखत गरी फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा आउनु अघि नै ब्लक गर्ने फेसबुकको दावी छ ।

तर यो प्रविधिबाट प्रयोगकर्ताको नग्न तस्वीर फेसबुकमा पोस्ट नहुने शतप्रतिशत ग्यारेन्टी नभएको फेसबुकका एक अधिकारीले बताए । उनका अनुसार फोटोलाई कसैले सम्पादन गरेर, टोडमोड गरेर मूल तस्वीरभन्दा अलग बनाउन सक्छ । त्यस्तो अवस्थामा फेसबुकको डाटाकोडले उक्त तस्वीर सनाखत गर्न सक्दैन ।

तर फेसबुकले यसलाई प्रारम्भिक चरण भन्दै थप विश्वासिलो, भरपर्दो र सुरक्षित बनाउने गरी काम भइरहेको जनाएको छ ।

तर आफूसँग भएको आफ्नो कुनै नग्न तस्वीर अरुसँग पनि छ र उसले ती तस्वीर फेसबुकमार्फत सार्वजनिक गर्न सक्छ भन्ने आशंका गरिरहेका प्रयोगकर्ताका लागि भने यो प्रविधिले धेरै हदसम्म सघाउने फेसबुकको दावी छ । तर कसैले उसको आफ्नै मोबाइल वा क्यामेराबाट कसैको नग्न तस्वीर खिचेको छ, र त्यो तस्वीर तपाईसँग छैन भने त्यस्ता तस्वीरलाई अपलोड हुनबाट रोक्न सक्ने प्रविधि तत्काल फेसबुकसँग नरहेको बताइन्छ । कसैले उजुरी गरेमा पोस्ट भइसकेका तस्वीरलाई फेसबुकले हटाउन सक्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com