ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमा समूहको अगुवाइमा नुहाउने घर


एबीसी न्यूज

म्याग्दी, १० जेठ। धौलागिरि गाउँपालिका–१ गुर्जामा स्थानीय हिमाली आमा समूहको अगुवाइमा सार्वजनिक नुहाउने घर निर्माण गरिएको छ ।

जिल्लाको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको गुर्जामा पर्यटक र स्थानीयवासीका लागि आमा समूहले रु १६ लाखभन्दा बढी लगानीमा नुहाउने घर निर्माण गरेका हुन् ।

अत्यधिक चिसो हुने गुर्जामा तातोपानीको सुविधासहितको सार्वजनिक नुहाउने घर र कुलेसो निर्माण गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताउनुभयो । महिला र पुरुषका लागि छुट्टाछुट्टै दुईवटा कोठा र चारवटा धारा जडान गरिएको छ । नुहाउने घरमा विद्युतीय मेसिन जडान गरी तातोपानीको व्यवस्था गरिएको छ ।

तातोपानीसहितको नुहाउने घर निर्माणले गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुठा हिमाल र चुरेन हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज हुने वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुहुन्छ । सो कार्यका लागि गत आवमा वडा कार्यालयले रु ६ लाख ४७ हजार, चालू आवमा गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो भने रु चार लाख ५५ हजार आमा समूहको आन्तरिक कोषबाटै लगानी गरिएको समूहका सचिव सीताकुमारी छन्त्यालले बताउनुभयो ।

सार्वजनिक नुहाउने घरको व्यवस्थापनका लागि सुविधा लिन आउने स्थानीयवासीलाई रु २०, गाउँ बाहिरका व्यक्तिलाई रु ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु १०० शुल्क लिइने आमा समूहले जनाएको छ । विसं २०५४ मा स्थापना भएको आमा समूहले रु तीन लाखमा गुर्जामा भूमेथान मन्दिर, ओनथानखोलामा काठे पुल, गाउँमा सार्वजनिक धारा निर्माणलगायत काम गरेको छ । बिरामी भई उपचार गराउन समस्यामा परेका स्थानीयवासीलाई छोटो समयका लागि ब्याज रकम नलिने गरी बिरामीको अवस्था हेरेर रु ५० हजारसम्म उपचार खर्च सहयोग गर्दै आएको छ । हाल आमा समूहको रु तीन लाखको घुम्तीकोष र रु दुई लाखको आकस्मिक कोष रहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com