ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ मुग्लिन सडक जोखिमपूर्ण, तीन महिनामा १० को मृत्यु र ७९ जना घाइते


एबीसी न्यूज
१० जेष्ठ २०७५, बिहिबार   २ : २५   बजे

चितवन, १० जेठ ।  नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीका अनुसार सडक यात्राका क्रममा सुरक्षित यात्रा गर्न र सडक सुरक्षाका लागि आयोजनाले विभिन्न संरचना निर्माण गरिरहेको छ । उहाँका अनुसार दुर्घटना नहोस् भन्नका लागि कालोपत्र सडकमा दायाँ र बायाँ पहेलो रंग र बीचमा सेतो रंगले एज मार्किङ गरिँदैछ । जसबाट सवारी चालकले आफ्नो लाइनमा सवारी चलाउने र दुर्घटना कम हुने विश्वास गरिएको छ ।

सडकखण्डको हरेक मोड र व्यस्त क्षेत्रमा ट्राफिक साइनबोर्ड राखिनेछ । बाटोको अवस्था झल्काउने र सडकमा सुरक्षित यात्राका लागि दिने संकेत सहितको ट्राफिक साइनबोर्ड रहनेछन् । जसका कारण बाटोमा यात्रा गरिरहँदा सडकको अवस्थाका विषयमा जानकारी प्राप्त गर्न सकिनेछ । सडकखण्डमा पर्ने पुलमा संकेत दिनका लागि रम्बल स्टिप राखिनेछ । नारयाणगढदेखि मुग्लिनसम्म १८ वटा पुल रहेका छन् । सवारी चलाएर सडकमा यात्रा गरिरहँदा पुलको मुखैमा राखिएको रम्वल स्टिपमा सवारी गुड्दा पुल आएको संकेत मिल्नेछ ।

सो सडकखण्डमा सडक सहज बनेसँगै पछिल्ला तीन महिनामा दुर्घटनाको संख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार फागुनमा ६, चैतमा आठ र वैशाखमा नौ वटा दुर्घटना भएका छन् । जसबाट तीन महिनामा १० को मृत्यु र ७९ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Hetauda Textile Industry Resumes Trial Production After Two Decades

Arghakhanchi District Issues Hunting Permits Amid Crop Damage

China Issues Flood Alerts for Southern Provinces as Typhoon Narra Approaches

Pentagon Fires Top Stars and Stripes Leaders Amid Editorial Independence Dispute

Six EU Nations Propose Windfall Tax on Oil Companies Amid Rising Prices

Second World Humanoid Robot Games Underway in Beijing

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu