ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच मिनेट वत्ति, आधा घण्टा लोडसेडिङ


admin
१० जेष्ठ २०७५, बिहिबार   २ : ४८   बजे

दाङ, १० जेठ । जिल्लामा पछिल्लो समयमा विद्युत् आपूर्ति अनियमित हँुदै गएको छ । सरकारले यसअघि हँुदै आएको विद्युत् कटौती अन्त्यको घोषणा गरे पनि अघोषित रुपमा भइआएको कटौतीका कारण जिल्लावासी सास्ती खेप्न बाध्य छन् ।

विद्युत् छ, कम्प्युटर चल्दैन । पाँच मिनेट विद्युत् आउँछ, आधा घण्टासम्म आउँदैन । विद्युत् कार्यालयमा शिकायत गर्न फोन गर्न खोज्यो कहिले व्यस्त त कहिले घण्टौँ घण्टी गए पनि फोन उठ्दैन । झ्याप्प झ्याप्प आउने विद्युत्ले सेवाभन्दा सास्ती धेरै दिएको छ । बेठेगानको विद्युत् सेवाप्रति सधँै उपभोक्ताहरु बेखबर छन् ।

के समस्या हो भनेर उपभोक्ताहरुले सोध्दा बेखबरजस्तै हुन्छन् विद्युत्का अधिकारीहरु । सम्पर्क भइहाले पनि आधिकारिक जवाफ कहिल्यै दिँदैनन् । फोन उठिहाल्यो भने पनि एक छिनपछि आउँछ है, राख्नुहोस्, हामीहरुले बनाउँदैछौँ भन्ने जवाफ पाइन्छ । कहिले त दिनभर विद्युत् आउँदैन । यसरी नै पछिल्लो केही समययता दाङको तुलसीपुरलगायतका क्षेत्रको विद्युत् आपूर्ति अनियमित बन्दै गएको छ । विद्युत् आए पनि पाँच मिनेटपछि फेरि झ्याप झ्याप जाने समस्या रहेको छ ।

विद्युत्को अघोषित कटौतीका कारण यहाँका उद्योगी, व्यवसायी र आम उपभोक्ताले दैनिक यस्तै समस्या भोग्दै आएका छन् । हाल विद्युत् जाने आउने भएका कारण निकै समस्या भएको स्थानीय व्यवसायी माधवकुमार केसीले बताउनुभयो । भोल्टेज लो भएका कारण बत्ती आएको समयमा उद्योग कलकारखाना सञ्चालन नहुने र छिनछिनमा विद्युत् आपूर्ति बन्द हँुदा व्यवसायी नै धरापमा पर्ने गरेको व्यवसायीहरु बताउछन् । “जसले जे गरे पनि भएको छ यो ठाउँमा, विद्युत्को लापरबाहीका कारण हामीहरु धेरै मर्कामा परेका छौँ, लोडसेडिङ हो भने यसको अन्त्य भएको सुनिन्छ हैन भने हिजो दिनभर विद्युत् आएन, राति पनि लाइन थिएन,” व्यवसायी सुन्दर केसीले भन्नुभयो ।

“वितरित लाइनबाट ३३ हजार भोल्ट आउनुपर्ने हो, तर लिकेज हुँदै घोराहीसम्म आइपुग्दा बढीमा २६ हजार भोल्ट नाघ्दैन, त्यसैले लो भोल्टेजको समस्या व्यापक बन्दै गएको छ,” विद्युत् प्राधिकरण कार्यालय घोराहीका इन्जिनियर प्रमोद सिंहले भन्नुभयो । ठाउँठाउँमा पावर ब्रेकर नहुँदा र आवश्यकतानुसारको दूरीमा सबस्टेशन नहुँदा समस्या आएको उहाँको भनाइ छ । ग्राहकको माग दिनदिनै बढ्दै गएका छ तर, विद्युत् क्षमताको वृद्धि करीब एक दशकदेखि भएको छैन । यसको मार विद्युत् उपभोक्ताहरुमा पर्दै आएको छ ।

इन्जिनियर सिंहले भन्नुभयो, “घोराहीको झिङनीमा नवनिर्मित सबस्टेशन र पश्चिम दाङको हापुरेमा निर्मित सबस्टेशन सञ्चालनमा आए लो भोल्टेजको समस्या धेरै हदसम्म समाधान हुन्छ, त्यसका लागि अझै कम्तीमा ६ महिना लाग्न सक्छ ।” तर हापुरेको लाइन तुलसीपुरसम्म ल्याउन नसकेर महिनौँदेखि सबस्टेशनमा डम्पिङ भएको अवस्थामा पनि विद्युत् कार्यालय र सरोकारवालाले कुनै पहल गरेका छैनन् ।

विद्युत् कार्यालयका कर्मचारीहरु अचेल ओभरलोड व्यवस्थापनमै हैरान देखिन्छन् । सरकारले बत्तीको क्षमता नभए पनि विद्युत् कटौतीमुक्त मुलुक घोषणा गरेपछि समस्यामा परेका छन् कर्मचारीहरु । “लोडसेडिङ गर भनेर माथिल्लो निकायले भनेको छैन, तर ओभर लोड आए विद्युत् काट्नुको विकल्प छैन,” विद्युत् कार्यालय घोराहीका इन्जिनियर सिंहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group