ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध


admin
११ जेष्ठ २०७५, शुक्रबार   १ : २३   बजे

डोल्पा, ११ जेठ । विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ ।

विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् ।

जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा दश घण्टासम्म नमस्ते र स्काइ मोबाइल सेवा बन्द हुने गरेको बताइएको छ ।

पmोनमा ढुक्कसँग कुरा गर्न पनि बत्ती आउने दिननै कुर्नुपर्ने भएकाले सर्वसाधारण लामो समयदेखि मर्कामा पर्दै आएका छन् । विद्युत् अभावका कारण मोबाइल सेवा प्रभावित हुन थालेपछि सर्वसाधारणलाई लामो समयदेखि सञ्चारको असुविधा हुँदै आएको छ ।

सदरमुकाम दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाबाट नियमित बत्ती आपूर्ति नहुँदा नियमित टावर सञ्चालनमा समयस्या देखिएको नेपाल दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ ।

“मोबाइल टावर राखिएको स्थान जुफालको बत्ती पालो परेको दिनमा माबाइलमा टावर हुन्छ, पालो नपरेको दिन भने राति ९ बजे देखि नै काटिएको टावर भोलि बिहान ७ बजे पछि मात्र आउँछ” त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय नैनानन्द देवकोटाले भन्नुभयो ।

“विकट जिल्लामा फोन सम्पर्कको एकमात्र माध्यम मोबाइल टावरमा समेत समस्या हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ, राति बिरामी पर्दा डक्टर बोलाउनु परेमा वा तत्काल कसैसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा टावर नै हुँदैन” उहाँले भन्नुभयो ।

जुफालमा रहेको टावरलाई नियमित सञ्चालन गर्नका लागि सोलार थप्न माग गर्दै पटक÷पटक नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जमा पत्राचार गरे पनि सुनुवाइ नभएको दुरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले बताउनुभयो ।

नेपाल टेलिकम क्षेत्रीय दुरसञ्चार कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश प्रधानका अनुसार यदि डोल्पाली जनतालाई टेलिफोन सेवामा असुविधा भएको हो भने जुफालमा सोलार थप्नका लागि तत्काल काम कारबाही अगाडि बढाउने बताउनुभयो ।

ठूलीभेरी नगरपालिकाको कार्यालय जुफालले लेन्डलाइन फोन र एडिएसएल इन्टरनेट सेवाको माग गरेकाले उक्त सेवा सञ्चालनका लागि पनि जुफालको टावरमा पनि सोलार थप्ने क्षेत्रीय प्रमुख प्रधानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group