ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३८ सय केजी सुन प्रकरणः थप दुई जना पक्राउ


एबीसी न्यूज

काठमाडौं, १२ जेठ । विमानस्थलबाट भएको ३८ सय केजी सुन तस्करी गिरोहमा आबद्ध थप दुई जना पक्राउ परेका छन्। गृह मन्त्रालयको बिशेष छानबिन समितिले दुई जनालाई पक्राउ गरी शुक्रबारनै जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ।

पक्राउ पर्नेहरुमा हुन्डी कारोबारी मदन सिलवाल र तस्करी समूहमा आबद्ध फाल्दुन भनिने लक्षु गुरुङ छन्।
सिलवालले नयाँ बसपार्कमा मयुर मनि ट्रान्सफर सञ्चालन गर्दै आएका छन्।

मनि ट्रान्सफरको आवरणमा उनले हुन्डीको कारोबार गर्दै आएको समितिले जनाएको छ। दुबईबाट तस्करी गरेर ल्याइने सुनको उनले हुन्डीमार्फत दुबईमा भुक्तानी दिन सघाउने गरेका थिए भने लक्षु गुरुङ भुजुङ गुरुङका चालक हुन्।

भुजुङ यसअघि नै पक्राउ परि जेल चलान भइसकेका छन्। राप्रपा(प्रजातान्त्रिक)का नेता समेत रहेका भुजुङ पञ्चायतकालदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन्। सुन तस्करीको बेला फाल्दुनलाई पनि उनले प्रयोग गर्दथे। समितिसँगको बयानमा उनले सुन तस्करीको बेला आफुलाई ‘स्कर्टिङ’ गर्न प्रयोग गरिने बताएका छन्।

माघ ९ गते हराएको साढे ३३ किलो सुन लुटपाटमा पनि उनको संलग्नताको आशंका गरिएको छ। तर, करिब २ सातासम्म सोधपुछ गर्दा पनि हराएको सुनबारे प्रष्ट जानकारी समितिले पाउन सकेको छैन। उनलाई २ साताअघि नै पक्राउ गरी अनुसन्धानमा राखिएको थियो। मुद्दा चलाउनका लागि उनलाई शुक्रबार मोरङ पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com