ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक नम्बर प्रदेशको नाम किरात राख्न सकिन्छः प्रधानमन्त्री ओली


एबीसी न्यूज
२० जेष्ठ २०७५, आइतबार   ४ : ४६   बजे

काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न सकिने बताउनु भएको छ ।
किरात राई समुदायको साझा संगठन किरात राई यायोक्खा केन्द्रीय समितिले आज (आइतबार) ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । यायोक्खाले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न भूमिका खेलिदिन प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले किरात सभ्यता र इतिहास आयातित नभएर नेपाल र नेपालीको भएको बताउनु भयो । उहा“ले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि निर्देशन दिनेभन्दा पनि साझा सहमतिमा नाम राख्न पहल गर्नुपर्ने बताउनुभयो ।
प्रदेशको नाम किरात राख्न आन्तरिक पहल गरिने आश्वासन समेत दिनुभयो ।

ज्ञापनपत्रमा किरात शब्द कुनै एउटा जाति नभएको उल्लेख छ । ज्ञापनपत्र बुझाउन यायोक्खा केन्द्रीय कार्यबाहक अध्यक्ष दिवस राई, महासचिव जीवन हाताचो राई, सल्लाहकार दुर्गा राई, चन्द्रविक्रम राई, डाक्टर शिवकुमार राई लगायतको टोली बालुवाटार पुगेका थिए ।

एक नम्बर प्रदेशको नाम किरात राख्न प्रदेश सभासदस्यहरू, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका पार्टी प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको यायोक्खा महासचिव जिवन हाताचो राईले बताउनुभयो । यायोक्खाले प्रदेशबाट २५ लाख हस्ताक्षर संकलन गरी मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीलाई यस अघि नै बुझाइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रतिपक्षको भूमिकामा सशक्त हुन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा

सम्बन्धित

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

कमलेश अग्रवालको टिप्पणी : ‘राम्रो कानुन बन्छ, तर कार्यान्वयनमा कर्मचारीतन्त्रले मर्म नै मारिदिन्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu