ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीका तीन पूर्वअधिकारीमाथि कारबाहीको तयारी (विज्ञप्ति पत्रसहित)


एबीसी न्यूज
२२ जेष्ठ २०७५, मंगलबार   ७ : २४   बजे

काठमाडौँ, २२ जेठ । सुन तस्करी काण्डमा फसेका प्रहरीको बचाउमा बोलेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका तीन पूर्वअधिकारीमाथि कारबाहीको तयारी गरेका छन् ।

राज्यको सेवासुविधा लिएर सुन तस्करलार्इ टेवा पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री थापाले नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडिआइजी रमेश खरेल र हेमन्त मल्लमाथि कारबाहीको तयारी गरेका हुन् ।

सुन तस्करीलाई पक्षपोषण गर्ने गरी अभियान संचालन गर्नुका साथै मिडियामा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी समेत गराएका छन् ।

नेपाल प्रहरीका पूर्वएआइजी भण्डारी, पूर्व डिआइजी मल्ल र खरेलले आइतबार संयुक्त रुपमा पत्रकारहरुसँग भेट गरी सुन तस्करीको अनुसन्धान त्रुटिपूर्ण रहेको अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै गृहमन्त्री थापाले आकस्मिक रुपमा प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका हुन् । उनले सुन तस्करी छानबिन प्रभावित पुर्याउने गरी लबिङ गर्ने प्रहरीका पूर्व अधिकारीलाई कारबाही गर्न लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

निकै असन्तुष्ट बनेका गृह मन्त्रीको निर्देशनमा गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी पूर्वप्रहरी अधिकारीहरुको भनाइको खण्डन गर्दै उनीहरुलाई सचेत समेत गराएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीबाट जारी विज्ञप्तिमा सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारवाही लक्षित गर्दै विभिन्न व्यक्ति र संस्थामार्फत चलखेल भइरहेको भन्दै आपत्ति जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ -‘अनुसन्धान कार्यका सम्बन्धमा एवं सम्मानित अदालतमा विचाराधीन रहेका कतिपय सम्वेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक भइरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिबाट अनुसन्धान कार्यलाई गम्भीर असर पर्नसक्ने एवं अपराधीको मनोबल थप बढ्न सक्ने देखिएको तर्फ सरकार सचेत छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रतिपक्षको भूमिकामा सशक्त हुन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा

सम्बन्धित

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

कमलेश अग्रवालको टिप्पणी : ‘राम्रो कानुन बन्छ, तर कार्यान्वयनमा कर्मचारीतन्त्रले मर्म नै मारिदिन्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu