ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारमा गएपछि कांग्रेसलाई के भने उपप्रधानमन्त्री यादवले ?


एबीसी न्यूज
२३ जेष्ठ २०७५, बुधबार   ८ : १९   बजे

काठमाडौं, २३ जेठ । उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय समाजवादी फोरम अब कांग्रेसको विकल्पका रुपमा स्थापित हुने बताएका छन् ।फोरम अध्यक्ष यादवले मंगलबार पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा कांग्रेसले अब कम्युनिस्ट पार्टीको विकल्प धान्न नसक्ने ठोकुवा गरे । ‘कांग्रेस अब कम्युनिस्टको विकल्प हुन सक्दैन भन्ने धारणामा धेरै मान्छे पुगिसके’ पार्टी अध्यक्ष समेत रहेका यादवले भने, ‘अब विकल्पको रुपमा फोरम हुन्छ भन्ने कुरा स्थापित हुँदै गएको छ । त्यसैले हाम्रो लागि पार्टी निर्माण गर्ने अत्यन्त राम्रो अवसर प्राप्त भएको छ ।’

यादवले आफूसँग तत्कालिन एमाले र त्यो भन्दा अघि पुष्पलाल समूहमा काम गरेकाहरु पनि सम्पर्कमा आएको र पार्टीमा धेरै मान्छेले प्रवेश गर्न खोजिरहेको दाबी गरे ।

उनले पार्टी बलियो बनाउँदै कम्युनिस्ट पार्टीको विकल्पमा रुपमा स्थापित हुने बताए । यादवले भने, ‘करिब दुईतिहाई नजिकको कम्युनिस्ट पार्टीलाई संघीय समाजवादी नभई हुँदैन भन्ने महसुस हुनु नै हाम्रो शक्ति हो । हामी संविधानको प्रक्रियाबाट परिवर्तनलाई संस्थागत गर्ने दिशामा जान्छौं । अरुले पनि हामीबाट सिक्नुपर्छ ।’

यादवले संविधान संशोधन गराउने शर्तमै आफू सरकारमा सामेल भएको दाबी गरेका छन् । परिर्वतनलाई संस्थागत गर्न सरकारमा जानु आवश्यक रहेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

सम्बन्धित

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu