ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शब्दमा अड्किएको नियमावली


एबीसी न्यूज
२३ जेष्ठ २०७५, बुधबार   २ : ३२   बजे

काठमाडौं, २३ जेठ ।  संघीय संसद्को पहिलो बैठक फागुन २१ गतेबाट सुरु भएको हो । तर, अझै पनि संसद् सञ्चालन नियमावलीले अझै पूर्णता पाउन सकेको छैन । नियमावलीले तीन महिनासम्म पूर्णता पाउन नसक्दा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका अत्यावश्यक काम कारवाही प्रभावित भएका छन् । संवैधानिक निकायका प्रमुखहरुको नियुक्ति समेत रोकिएको छ ।

मुख्यतः संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवादले नियमावली अलमलमा परेको हो । संघीय संसद् सञ्चालनका लागि बनाउनुपर्ने नियमावलीमा सत्तापक्ष र प्रतिपक्षबीच निलम्बन शब्दका विषयमा असमझदारी हु“दा नियमावली टुंगोमा पुग्न सकेको छैन ।

प्रतिनिधिसभामा कृष्णभक्त पोखरेलको संयोजकत्वमा १३ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको थियो । राष्ट्रिय सभामा पशुराम मेघी गुरुङको संयोजकत्वमा ९ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको थियो । नियमावली मस्यौदा समितिमै दलहरुबीच गम्भीर फौजदारी अभियोग लागेका र भ्रष्टाचारमा डामिएका सांसदलाई निलम्बन गर्ने कि नगर्ने विषयमा विवाद बढेको थियो । सत्तापक्षका सांसदहरु निलम्बनको पक्षमा रहे भने विपक्षी निलम्बन गर्न नहुने अडानमा । लामो विवादपछि निलम्बन शब्द निकालेर मस्यौदा समितिले संसदमा प्रस्तुत त गर्यो, तर, त्यसमा निलम्बन गर्नुपर्ने संशोधन परेपछि पुनः विवाद बढ्यो ।

मस्यौदामाथि दफाबार छलफल सदनमा गरियोस् भनी प्रस्ताव सोमबार प्रस्तुत गर्ने कार्यसूची भए पनि पछि हटाइयो । अझै पनि दलहरुबीच सहमति होस भनेर सभामुख कृष्णबहादुर महराले कार्यसूचीबाट हटाए । अन्य सरकारी पदाधिकारी सरह फौजदारी अभियोग र भ्रष्टाचाका अभियुक्त सांसदहरुलाई समेत निलम्बन गर्नुपर्छ भन्ने आम जनमत रहेको छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदले निलम्बन गर्नै नपाउने अड्डी कस्दै नियमावलीमा निलम्बन शब्द राखिए संसद अवरुद्ध गर्ने बताउंदै आएको छ । गत व्यवस्थापिका संसदमा निलम्बनको घनघोर पक्षपाती कांग्रेस आफ्नो पूर्वअडानबाट पछि हट्दा नियमावली पारित हुन नसकेकोमा सामान्य जनता समेत कांग्रेसलाई कुरीकुरी भन्न थालेका छन् । तर, कुनै पनि सांसदलाई अभियोग लाग्दैमा पदबाट निलम्बन नगरी अदालतको फौसला बमोजिम मात्र गर्नुपर्ने बताउंछन् कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खांड ।

तर, सत्तापक्ष नेकपाका सांसदहरु भने सबैलाई एकैप्रकारको नियम कानुन हुनुपर्ने तर्क गरिरहेका छन् । नेकपाका सांसदहरु भने निलम्बन शब्दसहित नियमावली पारित हुनुपर्ने बताउंछन् । संसदीय समिति संख्या र सांसद निलम्बनको विषयमा अन्तिम टुंगो लागेपछि नियमावली पारित हुने बताउ“छन्, राष्ट्रिय सभा सदस्य एवं नेकपा

यता, संसदीय समितिमा राष्ट्रिय सभाले चार र प्रतिनिधि सभामा १० समिति गरि १४ समिति निर्माण गर्ने सत्तापक्षको तयार छ । तर, कांग्रेस भने संसदीय समिति थोरै बनाउनुपर्ने पक्षमा छ ।

लामो समयसम्म नियमावली निर्माण नहुदाँ संसदको काम कारवाहीहरु प्रभावित भएको छ । संसद्ले जनताका समस्या बुझन र समाधान गर्न कार्य क्षेत्रमै जाने माध्यम भनेको संसदीय समिति भएकाले नियमावली निर्माण नहुदा सबै काम प्रभावित भएको बताउंछन् संसद सचिवालयका सचिव हिमलाल सुवेदी ।

नियमावली कस्तो बनाउने भन्ने बारेमा नितान्त दलहरुको मामिला हो । संसद सचिवालयले त कानूनी समस्या र जटिलताहरु मात्र देखाउने हो । संसदीय समितिको अति महत्वपूर्ण संसदीय सुनुवाई समिति गठन नहुदा“ संवैधानिक र कूटनीतिक निकायका पद खाली छन् । जसले गर्दा राज्य सञ्चालनका कामकारवाही समेत प्रभावित भएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ ले राष्ट्र सेवक कर्मचारी थुनामा रहेको अवधिभर र मुद्दाको किनारा नभएसम्म स्वतः पद निलम्बनमा रहने व्यवस्था गरेको छ । तर जनप्रतिनिधिहरुले भने अदालतबाट अन्तिम फैसला नभएसम्म निलम्बन गर्न नहुने जस्तोे नियम बनाउन दवाव दिंदा आम जनता भने जनप्रतिनिधिलाई मात्र विशेष छुट किन भन्दै प्रश्न गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group