ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर ज्वाईं बस्ने रहर पलाएपछि …….


एबीसी न्यूज
२५ जेष्ठ २०७५, शुक्रबार   ४ : ००   बजे

unn.prixa.net

काठमाडौं, २५ जेठ । सृजना नामकी ३५ बर्षिया अँधवैंशे युवतीले बिहेका लागि केटो चाहिएको भन्दै उमेर र आम्दानीका स्रोत खुलाएर पत्रिकामा विज्ञापन प्रकाशन गरेकी थिइन् । एक चलेको दैनिक पत्रिकाको वर्गिकृत विज्ञापनमा उनको सम्पर्क नम्बर पनि थियो । र अफर थियो– काठमाडौंको कुनै ठाउँमा १ रोपनी जग्गामा बनेको घर र नगद एक करोड समेत चलाउन पाउने ।

अमेरिकामा बस्ने एक ३२ वर्षिय युवक जो मेडिकलमा पिएचडी गर्दैछन्, उनलाई २४ बर्षसम्मकी युवती बिहेका लागि चाहिएको छ । कम्तिमा ५ फिट २ इन्च उचाई भएकी बीबीए, बीएसी वा बीएसम्म अध्ययन गरेकी हुनुपर्ने अफर छ । सम्पर्क नम्बरसहित राखिएको विज्ञापनमा युवकको नाम खुलाइएको छैन ।

बढ्दो सहरीकरण र सम्बन्धका आयामहरू परिवर्तन हुन थालेपछि विदेशमा जस्तै नेपालमा पनि बिहेका लागि विज्ञापन गर्ने चलन बढ्न थालेको छ । परिवारका सम्पर्कसुत्र मार्फत हुने बिहे अहिले च्याउ उम्रेजसरी खुलेका ‘म्यारिज ब्युरो’का नाममा व्यावसायीक हुन थालेको छ । व्युरोहरूमार्फत नै यसरी पत्रपत्रिकामा विज्ञापन हुने गरेको छ ।

जस्तो  ‘घर ज्वाईं राख्न चाहनुहुनेले सम्पर्क……’ तर यो विज्ञापन घर ज्वाईं राख्न चाहनेले छापेको होइन, घर ज्वाईं बस्न चाहने पुरुषले चाहिँ छापेको हो । ‘मेरो दाई पर्ने मान्छेलाई घर ज्वाईं राख्न यो विज्ञापन छाप्नुपरेको हो’ सम्पर्क नम्बरमा फोन गर्दा आफूलाई रमेश पोखरेल भन्ने व्यक्तिले प्रतिक्रिया दिए ।

उनका अनुसार काभ्रेका ४० वर्षीय विकास थापा क्षेत्री अहिले काठमाडौंमा बस्छन् । उनको यसअघि नै विवाह भैसकेको हो । तर श्रीमती अर्कैसँग गइन् । छोराछोरी पनि श्रीमतीसँगै हिँडे ।

‘श्रीमतीले छाडेपछि उनलाई घरमा गएर बस्न मन छैन, त्यसैले घर ज्वाईं बस्न खोजेका हुन्’ पोखरेलले भने, ‘अहिलेसम्म ६/७ जनाले सम्पर्क त गरेका छन् । तर घर ज्वाईं राख्छु चाहिँ भनेका छैनन् ।’

यस्तै खालको अर्को विज्ञापन पनि पत्रिकामा छापिएको छ । ‘घर ज्वाईंको लागि केटीहरुले सिधा सम्पर्क’ लेखिएको नम्बरमा फोन गर्दा चाहिँ फोन नै सम्पर्क हुन सकेन ।

सिक्किमकी एक युवतीको तस्बिरसहित बिहेका लागि इन्टरनेटमा विज्ञापन गरिएको छ । उनकी एक छोरी पनि छन् । सादी डटकममा राखिएकी नेपालीभाषी युवतीले विज्ञापनमा आफ्नी छोरी अध्ययनमा अब्बल रहेको भनी खुलाएकी छन् । चार सदस्य परिवारमा रहेको उल्लेख गरेकी उनले आफुसँग बस्नसक्ने युवकको चाहना राखेकी छन् ।

जीवनको उत्तरार्धको यात्रा लागेपछि जीवनसाथीको खोजी हुनु नयाँ कुरा हुन छाडेको छ । खासगरी विदेशी भुमिमा बस्ने महिला र पुरुषले मनमिल्ने जोडी, प्रेमी नपाउँदा, व्यस्त भई प्रेमका लागि समय निकाल्न नपाउँदा यसरी विज्ञापनमार्फत बिहेको प्रस्ताव गर्न थालेका छन् । सिक्किममा दुई पार्लर आफ्नै रहेको विवरण देखाएकी ३७ वर्षिया महिलाले ‘दुख सुखमा साथ दिने, माया गर्ने हेरचाह गर्ने’ पुरुषसँग बिहेको इच्छा राखेकी छन् । उनले विज्ञापनै गरेर यो विवरण राखेकी हुन् । नेपालीभाषी ति महिला नेपालीसँग बिहे गर्ने रहर राख्छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group