ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन फडानी रोक्न प्रदेश साँसदको निर्देशन


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   ७ : ५२   बजे

सर्लाही, २६ जेठ । जिल्ला वन कार्यालयले जानकीनगर साझेदारी वन क्षेत्रमा व्यापक वन फडानी गरेको गुनासो आए पछि जनप्रतिनिधी र सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् ।

वैज्ञानिक वन व्यवस्थापनको नाउँमा वन कार्यालयले जानकीनगर साझेदारी वन क्षेत्रमा साल, हाडे, बाजी, हर्रो लगायतका लोपोन्मुख जातका रुख समेत  काटेको स्थानीयले गुनासो गरे पछि सर्लाही क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिपुर नगरपालिकाका मेयर जमरुद्धीन मंसुर, हरिवनका गणेश प्रसाई, बरहथवाका देवानन्द महतो, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव भारती पाठक, सचिव वृष वहादुर शाही, सचिवालय सदस्य भरत घले, ठाकुर भण्डारी, स्थानीय समाजसेवीहरु चुडामणि वाग्ले, विदुर प्याकुरेल, पत्रकार लगायतको टोलीले वन क्षेत्रको स्थलगत अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा वन कार्यालयले वैज्ञानिक वन व्यवस्थापनको नाममा त्यसरी जथाभावी आफुखुशि वन फडानी गर्न नमिल्ने भन्दै तुरुन्त कटान रोक्न प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले निर्देशन दिए ।

प्रदेश साँसद उप्रेतीले भने –“ अहिले सिंह दरवारको अधिकार गाउँ गाउँ सम्म आई सकेको छ, प्रदेश सरकार छ, स्थानीय सरकार छन् । वन कार्यलयले उनीहरुसँग समन्वय गर्नु पर्दैन ?” । प्रश्न गर्दै भने–“ उपभोक्ताले जोगाएका वन उनीहरुले नकाट भन्दा भन्दै पनि वन कार्यालयले जवरजस्ती आह्रा लगाउने ? यो गलत छ यसलाई तुरुन्त बन्द गर्नु पछ” ।

त्यस्तै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले आफुहरुले पटक पटक आग्रह गर्दा पनि वन कार्यालयले आफुखुशि कटान सुरु गरेको बताए । उनले वैज्ञानिक वन व्यवस्थापनको निति ठीक भए पनि जिल्ला वनको नियत ठिक नभएकोले रुख कटान तुरुन्त रोकिनु पर्ने बताए । त्यस्तै बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले उपभोक्ताको चाहाना विपरीत वन कार्यालय कहिल्यै जान नमिल्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ(फेकोपन)का केन्द्रीय सचिवालय सदस्य ठाकुर भण्डारीले विकसित राष्ट्रमा समेत असफल भएको वैज्ञानिक वन व्यवस्थपन नेपालमा सफल हुन नसक्ने बताए । उनले बुढो पुरानो रुख काट्ने योजना भए पनि वन कार्यालयहरुले राम्रा रुख छानी छानी काट्ने गरेकै कारण वैज्ञानिक वन व्यवस्थापन फेल भएको बताए ।

जिल्ला वन कार्यालय सर्लाहीका वन अधिकृत नरेश ठाकुरका अनुसार जानकीनगर साझेदारी वन, फुलजोर वावा साझेदारी वन सहित जिल्लाका अन्य सामुदायिक वनहरुमा समेत वैज्ञानिक वन व्यवस्थापनका लागि बुढा पुराना रुख काटिने योजना छ । उनका अनुसार नेपालमा वैज्ञानिक वन व्यवस्थापन गर्न सकिए वर्षेनी १२ करोट क्यूफिट काठ उत्पादन गर्न सकिने दावी छ । उनले अहिले नेपालमा वैज्ञानिक वन व्यवस्थापन नभएकै कारण वर्षेनी ३५ लाख क्यूफिट काठ मलेसिया लगाएको देशबाट भित्रिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group