ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड


sharan sharan
१ असार २०७५, शुक्रबार   ५ : २६   बजे

बुटवल, १ असार ।
प्रदेश ५ का मुख्य मन्त्री तथा आर्थिक मामीला तथा योजना मन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७५ । ७६का लागि २८ अर्व ९ करोड ३ लाखको बजेट प्रस्ताव गर्नुभएको छ ।

प्रदेश ५ को प्रदेशसभामा आज बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले बिनियोजित बजेटले समृद्ध प्रदेश, सुखी जनताको उद्देश्य पुरा हुने बिश्वास समेत ब्यक्त गर्नुभएको छ ।

आर्थिक मामीला मन्त्रीका हैसियतले बिनीयोजन गर्नुभएको बजेटमा प्रादेश सरकारको राजश्व बांडफांटबाट १० अर्व ९५ करोड ३ लाख र संघिय सरकारबाट १७ अर्व १४ करोड गरि २८ अर्व ९ करोड ३ लाखको बजेट प्रस्ताव गर्नुभएको हो ।

बजेट अन्तर्गत राजश्वको चालु तर्फ ४ अर्व ७८ करोड १ लाख र पुंजिगत तर्फ ६ अर्व १७ करोड तथा संघिय सरकार तर्फ चालुमा ५ अर्व १८ करोड तथा पुंजिगत तर्फ ११ अर्व ९५ करोडको् बजेट बिनीयो्जन गरिएको छ ।

प्रदेशसभामा बजेत बक्तब्य सुनाउंदै मुख्यमन्त्री पोखरेलले कृषि, पर्यटन र उद्योगलाई मुख्य आधार बनाई बजेट निर्माण गरिएको बताउनुभयो । उहांले उद्योगलाई बिशेष प्राथमीकतामा राखिएको उल्लेख गर्दै ब्यवसायीक प्रयोजनकालागि उद्योगकै नाममा जग्गा खरिद गर्दा ७५ प्रतिशत सम्म रजिष्टेशन शुल्कमा मिनाहा तथा जडिबुटी प्रशोधन, कृषिमा ब्यवसायीकण जस्ता उद्योगहरुलाई अनुदानको समेत बजेटले ब्यवस्था गरेको बताउनुभयो ।
मुख्य मन्त्रीले बजेट प्रस्तुत गरे लगत्तै सभामुख पुर्ण घर्तीले सभा स्थगित भएको घोषणा गर्नुभएको थियो । प्रदे्शसभाको आजै बसेको अर्को बैठकमा मुख्य मन्त्री पोखरेलले आर्थिक वर्ष ७५।७६को लागि राजश्व र ब्ययको अनुमान पेश गर्नुभएको थियो । मुख्यमन्त्री पाखरेलले आजै आर्थिक बिधेयक २०७५ तथा प्रदेशसभा नियमावलीको पहिलो संशोधनमाथि बिचार गरियोस भन्ने प्रस्ताव समेत सभामा प्रस्तुत गर्नुभएको थियो ।

मुख्य मन्त्रीको बजेट प्रस्तुत लगत्तै प्रदेशका उद्योगी र ब्यवसायीहरुले मिश्रीत प्रतिक्रीया ब्यक्त गरेका छन् । बजेत सम्बन्धमा एबिसी न्युजसंग प्रतिक्रिया दिैदै बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजुले बजेटमा मोतीपुर औद्यागिक करिडोर, भैरहवाको सेज जस्ता उद्योगहरुमा बजेटले सम्बोधन नगरेको बताउनुभयो ।

रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले बजेटले सानासाना क्षेत्रमा बजेट बाडीएकाले कार्यान्वयनमा अशंका ब्यक्त गर्नुभयो । उहांले निश्चित क्षेत्रलाई सम्बोधन भन्दा धेरै क्षेत्रमा बजेट पार्न खोज्दा बजेट अमुर्त जस्तो देखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group