काठमाडौँ,३ असार । विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हडताल आह्न गरेको छ । केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकसहितका कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा देशभर क्रान्तिकारीले स्कुल र कलेज बन्दको घोषणा गरेको हो ।
विप्लवनिकट विद्यार्थी संगठनको शैक्षिक हड्तालमा विपक्षी दल सम्बद्ध केही विद्यार्थी संगठनले पनि ऐक्यबद्धता जनाएका छन् । गोपाल किराँती नेतृत्वको माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले आजको शैक्षिक हड्ताललाई नैतिक समर्थन भएको बताए ।
विप्लवनिकटका नेता कार्यकर्ताहरुलाई केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकसहितका नेता कार्यकर्ताहरुलाई केही दिनअघि चाबहिलबाट प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष ढकालले शैक्षिक हड्ताल गर्नु आफूहरुको रहर नभएर बाध्यता भएको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्