ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्युदण्डबाट दिलबहादुर बचाउन मलेसियाबाट तीन लाख सहयोग


admin
३ असार २०७५, आइतबार   १ : २५   बजे

काठमाडौं, ३ असार । अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन मलेसियाबाट तीन लाख भन्दा बढी रकम संकलन भएको छ । जनप्रगतिशील मञ्च मलेसियाको नेतृत्वमा उठेको तीन लाख २६ हजार सात सय ६३ रुपैयाँ मञ्चले मूल समितिलाई हस्तान्तरण गरेको छ ।

मलेसियाका नेपालीहरुबाट संकलित रकम ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिको खातामा जम्मा भएको अभियानका संयोजक दिपेश पुनले जानकारी दिए । दिलबहादुरको जीवन रक्षाका लागि मलेसियामा आर्थिक संकलन अभियानमा संलग्न गरेका रमेश तिवारीले समेत मलेसियाबाट तीन लाख २६ हजार रकम मूल समितिको खातामा जम्मा गरिएको जानकारी दिए ।

दिलबहादुर घर्ती बचाउ अभियान मूल समितिका सदस्य समेत रहेका रुपधन घर्तीमगरले पहिलो चरणमा मलेसियामा संकलित रकम मूल समितिलाई हस्तान्तरण गरिएको जानकारी दिए । ‘म आफै पनि रोल्पाको हुँ, दिलबहादुर घर्तीको जीवन रक्षाका लागि मलेसियामा रहेका नेपालीहरुले मन खोलेर सहयोग गरिरहनुभएको छ,’ घर्तीले भने, ‘हामीले पहिलो चरणमा संकलन गरेको रकम मूल समितिको खातामा जम्मा गरिदिएका छौँ । हाम्रो अभियानमा भने जारी रहनेछ ।’

उनका अनुसार मलेसियामा रहेका राजकुमार बुढामगर, चन्द्रबहादुर घर्तीमगर, गोविन्द क्षेत्री महरा, टंक जिसी, सुरेश डाँगी दिलबहादुरको जीवन रक्षाका लागि आर्थिक संकलन अभियानमा संलग्न छन् । यसैगरी मिनबहादुर घर्ती, पृथ्वीप्रकाश राना, जयबहादुर रोकामगर, भवानी सिंजाली मगर, कर्मसरी बुढामगर, अर्जुन घर्तीमगर, प्रेन घर्तीमगर, यामबहादुर डाँगी, रुपलाल सुनार, रामप्रसाद पुन, प्रकाश थापा, अमृत डाँगी, वीरवल थापा, सान्तराज बुढामगर र उमेश कुमार पनि अभियानमा सक्रिय रहेको उनले जानकारी दिए ।

तारा गुरुङले दिईन् एकान्न हजार
यसैगरी बेलायत निवासी समाजसेवी तारा गुरुङले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि ५१ हजार रुपियाँ सहयोग गरेकी छिन् । गुरुङले सहयोग रकम अभियानका संयोजक दिपेश पुनलाई हस्तान्तरण गरेकी छिन् ।

उनले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्न पाउँदा आफू खुशी भएको बताईन् । ‘म समाज सेवामा छु, दिलबहादुर भाई साउदीको जेलमा रहेको र ब्लडमनी तिर्न नसके मृत्युदण्ड हुने कुराले मलाई स्तब्ध बनायो’, उनले भनिन्, ‘उनको जीवन रक्षाका लागि सहयोग गर्न पाउँदा मु ज्यादै खुशी छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group