ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा प्रस्तुत


एबीसी न्यूज
३ असार २०७५, आइतबार   ५ : ४३   बजे

काठमाडौँ, ३ असार। संघीय संसद्को आजको संयुक्त बैठकमा संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ प्रस्तुत भएको छ ।

संघीय संसद्को आजको बैठकमा प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिको आह्वानमा आज संघीय संसद्को संयुक्त बैठक बसेको हो ।

मस्यौदा नियमावलीमा राष्ट्रपतिबाट संविधानको धारा ९५ बमोजिम संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आह्वान गरेमा महासचिवले बैठकको मिति, समय र स्थानको जानकारी सदनलाई दिइने उल्लेख छ । संयुक्त बैठकको कार्यसूची सभामुखको निर्देशनअनुसार महासचिवले तय गरी एक दिनअघि सदस्य र संसदीय दलको कार्यालयलाई उपलब्ध गराइनेछ ।

बैठकको अध्यक्षतामा सभामुखले गर्नु हुनेछ । संयुक्त बैठकमा राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेका विधेयकको हकमा सोसम्बन्धी सन्देशको विवरण र प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकको हकमा त्यस्ता सन्देशको विवरण सदस्यलाई कम्तीमा एक दिन अगावै उपलब्ध गराइनेछ ।

संयुक्त बैठकमा संघीय संसद्का सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले दस्तखत गरी जनमत संग्रहका माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी महासचिवलाई प्रस्तावको सूचना दिन सक्नेछन् ।

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका तीन गरी १५ सदस्य रहने व्यवस्था मस्यौदामा गरिएको छ । समितिले प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदको नियुक्तिका लागि प्रस्ताव गरिएका नामका सम्बन्धमा सुनुवाइ हुनेछ ।

प्रतिनिधिसभा नियमावली मस्यौदाका लागि सांसद् पोखरेल र राष्ट्रियसभा नियमावली मस्यौदाका लागि सांसद परशुराम मेघी गुरुङको संयोजकत्वमा अलगअलग समिति गठन भएका थिए । सम्बन्धित संसद्मा ती समितिले प्रस्तुत गरेका प्रतिवेदन पारित भइसकेका छन् ।

संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ माथि यही असार ८ गते ४ बजे बस्ने संघीय संसद्मा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group