ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोका कारण महाशिलाका आठघर विस्थापित


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   १० : ३६   बजे

पर्वत, ५ असार ।  लगातारको वर्षासँगै गएको पहिरोका कारण यहाँको एक विकट गाउँका आठ घर विस्थापित भएका छन् ।

पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीस्थित कुसुनडाँडाका आठ घर दीर्घकालीनरुपमै विस्थापित हुने भएका हुन् । गएको शनिबार राति परेको वर्षासँगै गएको पहिरोमा परी तीन घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बाँकी पाँच घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।

हिउँदमा खनिएको मोटरबाटोका कारण पहिरो जाँदा बस्तीनै जोखिममा परेको हो । पहिरोले स्थानीय शिक्षक छवि अधिकारीको गोठ र मोटरसाइकलमा पूर्ण क्षति भएको थियो । पहिरोको जोखिममा रहेका छवि अधिकारीसँगै विष्णु अधिकारी र मेघनाथ अधिकारीलाई तत्काल अस्थायी टहरा बनाउनका लागि जस्तापाता र नगद सहयोग गरिएको छ । अन्य पाँच घर पनि दिउँसोमा सोही घरमा बस्ने र वर्षा भएपछि अन्यत्रै आफन्तकोमा आश्रय लिएर बस्ने गरेका छन् ।

पहिरोको जोखिममा रहेका आठ घरनै दीर्घकालीन बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले गाउँपालिकाले तत्काल उपयुक्त जग्गा व्यवस्थापन गर्न थालेको उच्चैले जानकारी दिनुभयो । तत्काल तीन घरका लागि गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न सहयोग गरिसकेको र बाँकी परिवारका लागि केही दिनमै जग्गा व्यवस्थापन गरिने समेत उहाँले जानकारी दिनुभयो । भिरालो जग्गामा रहेको बस्ती वर्षेनी पहिरोको जोखिममा पर्दै आएको थियो । पहिरोका कारण उक्त स्थानमा रु एक करोडभन्दा बढीको क्षति पुगेको अनुमानसमेत गरिएको छ ।

बस्तीनै जोखिममा परेर स्थानान्तरण हुनुपरेपछि ठूलो समस्या परेको पीडित छवि अधिकारीले गुनासो गर्नुभयो । सयौँ वर्षदेखि बसोबास गर्दै आएको ठाउँ छोड्नुपर्दा निकै निरासा छाएको उहाँले बताउनुभयो । जीवनभरको कमाइ खर्चिएर बनाएको घर छाडेर नयाँ ठाउँमा पुनः धेरै खर्चिएर घर बनाउन आर्थिक बोझ थपिएको उहाँको गुनासो छ ।

त्यस्तै, अर्का पीडित मेघनाथ अधिकारीले पनि गाउँपालिकाले तत्कालका लागि अस्थायी टहरा बनाउन सहयोग गरेपछि दीर्घकालीन बास बनाउनका लागि आर्थिक अभाव भएको गुनासो गर्नुभयो । उहाँले गाउँपालिकालाई आवश्यक रकमको व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।

गएको शनिबार आएको वर्षाका कारण महाशिलामा सबैभन्दा बढी क्षति पुगेको थियो । वर्षाका कारण गाउँपालिकाका सबैजसो सडक अवरुद्ध भएको पनि प्रवक्तासमेत रहनुभएका जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँले सबै सडक खुलाउनका लागि डोजर र एस्काभेटर परिचालन गरिएको र आजदेखि सबै सडक सुचारु गरिने समेत जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा गाउँपालिकादेखि सदरमुकाम कुश्माबजार आउने र प्रदेश राजधानी पोखरा जाने सडकसमेत अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group