ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाताका परिवारले नै मुद्दा हालेपछि विद्यालयलाई समस्या


bhawani desk
५ असार २०७५, मंगलबार   ४ : २४   बजे

 झापा, ५ असार । जिल्लाका कतिपय सामुदायिक विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा विद्यालयको नाममा रहेको जग्गाको मालपोत समेत बुझाउन सकेका छैनन् ।

सय बिगाह भन्दा बढी जमिन विद्यालयको नाममा भए पनि जग्गा ठेक्कामा लिएर उपभोग गर्नेले ठेक्का नबुझाउदा विद्यालयलाई अहिले मालपोत तिर्न समेत धौधौ छ भने जिल्लामा अर्को एउटा यस्तो सामुदायिक विद्यालय पनि जस्को नाममा दश धुर मात्रै जग्गा छ ।

जिल्लाकै नमूना विद्यालयमध्येको बिर्तामोड नगरपालिका–२ रामचौकमा रहेको मोहनमाया माविको आफ्नो नाममा १० धुर जमिन मात्रै छ । विसं २०२४ मा स्थापना भएको विद्यालयलाई स्थानीय समाजसेवी भूपालमानसिंह कार्कीले सोही बखत १२ कठ्ठा १० धुर जमिन मौखिक रुपमा प्रदान गरेको बताए पनि अहिलेसम्म विद्यालयको नाममा रजिष्टेशन पास भएको छैन ।

दाता परिवारका तर्फबाट २०७० सालमा जिल्ला अदालतमा मुद्दा दायर भएपछि उक्त अदालतले दाता परिवारकै पक्षमा फैसला गरेकाले अहिले मोहनमाया मावि जमिनविहीन बनेको हो । मोहनमायाको नाममा पूर्व–पश्चिम राजमार्गले छोएको विद्यालय भवनको दक्षिणतर्फ १० धुर मात्रै जमिन छ । जुन जमिनमा विद्यालयले कम्पाउण्ड वाल लगाइएको छ ।

विद्यालयले भौतिक संरचना निर्माण गर्दै जिल्लाकै उत्कृष्ट विद्यालय बनाए पनि अहिले तिनै दाता परिवारले विद्यलयले उपभोग गरेको जमिन खाली गर्न माग गरेपछि विद्यालयले अहिले सो मुद्दामा पुनरावेदन गरेको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो– २०७० सालमा भूपालमान सिंहका छोरा जगतबन्धु कार्कीले विद्यालय विरुद्ध मुद्दा हालेछन्, त्यो मुद्दा उनले जितेपछि अहिले हामीले पुनरावेदन गरेका छौं । विद्यालयको नाममा जग्गा प्रदान गर्ने कार्की तत्कालीन समयमा राजसभाका स्थायी सदस्य हुनुहुन्थ्यो ।

साविक चारपाने गाविसको केन्द्र नं– ३ स्थित कारुवाभिट्टामा विद्यालय स्थापना गरिए पनि भूपालमानले नै रामचौकमा जमिन प्रदान गरेपछि विद्यालय कारुवाभिट्टाबाट रामचौक सारिएको विद्यालयका सहायक प्रधानाध्यापक भवानी राजवंशीले बताउनुभयो । उहाँले भन्नुभयो– “त्यो बेला जमिनको मूल्यांकन नै कम थियो, भूपालमानले प्रदान गरेको जमिनमा पञ्चकन्या उद्योग समूहका अध्यक्ष तथा शिक्षासेवी प्रेमबहादुर श्रेष्ठले आफ्नी आमाको नाममा विद्यालयको भवन निर्माण गरिदिनुभएको थियो ।

तत्कालीन समयमा झण्डै रु ७५ हजार खर्चेर श्रेष्ठले भवन निर्माण गरेपछि उहाँकै आमाको नामबाट विद्यालयको नामकरण गरिएको बताइन्छ । सन्ठीको बेरा र फूसले छाएर बनाइएको झुपडीबाट पठनपाठन शुरु भएको विद्यालयको अहिले एकतले सातबटा र तीन तले एउटा गरी आठ वटा भवनमा तीसवटा कोठा छन्, तीमध्ये केही कोठा जीर्ण अवस्थामा रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशीले बताउनुभयो ।

विसं २०५३ बाट निम्न माध्यमिक तहको पठनपाठन शुरु गरेको मोहनमायाले २०६८ सालबाट माध्यमिक तहको कक्षा शुरु गरेको हो । उक्त विद्यालय सामुदायिक विद्यालयतर्फ २०६९देखि २०७१ सालसम्म प्रवेशिका परीक्षा (एसएलसी)मा लगातार तीन वर्ष जिल्ला प्रथम भएको थियो । दुई वटा सुस्तश्रवण (समाहित) कक्षा, तीन वटा बालविकास केन्द्रसमेत सञ्चालनमा रहेको सो विद्यालयमा अहिले ९०० भन्दाबढी विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group