ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पमा आमा गुमाएका तीन बालबालिकालाई राहत


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ५ : २७   बजे

चरिकोट, ५ असार। विसं २०७२ बैशाख २९ गतेको भूकम्पमा आमाको मृत्यु भएका एकै परिवारका तीन बालबालिकालाई नगदसहित पाठ्य सामग्री र झोला प्रदान गरिएको छ ।
राष्ट्रिय समाचार समितिका जिल्ला समाचारदाता र गोकर्णप्रसाद भण्डारी आफ्नै पहलमा संकलन गर्नुभएको रु ६० हजारसहित पाठ्य सामग्री र स्कूल झोला आज हिमालय मावि चिलंखामा विद्यालयका शिक्षक–शिक्षिका र वडाध्यक्ष मधुकर गुरुङको रोहबरमा ती बालबालिकाका बुबा कृष्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको हो ।

पत्रकार भण्डारीले आमाको मृत्यु भएको र बुबाको शारीरिक अवस्था कमजोर भएका कारण उनीहरुका तीन छोराछोरीको पढाइ नबिग्रियोस् भनेर सहयोगका लागि पहल गरेको बताउनुभयो ।

उक्त कार्यका लागि अल्पाइन पब्लिक स्कूल चरिकोटका प्रिन्सिपल उद्धव थापाले रु १७ हजार ५००, द राइजिङ स्टार बोर्डिङ स्कूलका प्रिन्सिपल उपेन्द्र अधिकारीले रु १७ हजार, झापा दमक नगरपालिका घर भएका भीमेश्वर नगरपालिकाका स्रोत व्यक्ति सोम तिवारीले १५ हजार, कालिञ्चोक गाउँपालिका वडा नं ८ सुनखानी मलेपुकी समाजसेवी बिन्दिया खड्काले रु पाँच हजार, शैलुङ गाउँपालिका वडा नं ६ भुसाफेदाकी अहेव शशी लामाले रु पाँच हजार र पाठ्य सामग्री, गोरखा जिल्ला पालुङ्टार घर निवासी हाल चरिकोटमा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आउनुभएकी आचार्य बुक्स एण्ड स्टेशनरीकी सकुन्तला आचार्यले एक वर्षका लागि कापी र कलमसहिका सामग्री र चरिकोट सातदोबाटो चोकमा रोयल क्याफेका सञ्चालक पुस्कर अधिकारीले झोला प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu