ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुरमा धान रोपाइँ शुरु


एबीसी न्यूज
७ असार २०७५, बिहिबार   १० : २४   बजे

उदयपुर, ७ असार ।  यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् ।

विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपुरमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान रोपाइँ शुरु गरेको संबद्ध कृषक बताउँछन् ।

अहिले त्रियुगा नगरपालिकाको चुहाडे, राजाबास, जोगिदह, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर, बेलका नगरपालिकाको आम्बासीसहितका क्षेत्रमा कृषकले धान रोपाइँ शुरु गरेको यस क्षेत्रका कृषक बताउँछन् ।

त्रियुगा नगरपालिका–१ जोगिदहका कृषक जागेश्वर चौधरी भन्छन्, धानको बीउ त सामान्य थियो तर शुरुमा नै वर्षा राम्रो हुन थालेपछि धान रोपाइँ शुरु गरेका हौँ, पछि फेरी सुख्खा लाग्छ भनेर असार २ गतेदेखिनै रोपाइँ शुरु ग¥यौँ ।

त्रियुगा नगरपालिका–७, राजाबासका कुमार दनुवार अहिले शुरुमा नै वर्षा राम्रो हुन थालेको हुनाले आकाशेपानीको मौका छोपेर धान रोपाइँ शुरु गरेको बताउँछन् ।

असार महिनाको शुरुमा नै वर्षा राम्रो हुन थालेपछि उदयपुरका कृषकलाई भने असारको शुरुदेखि नै अहिले धान रोपाइँको चटारोले छोएको हो ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारी शुरुमा नै वर्षा राम्रो हुन थालेका कारण कृषकले धान रोपाइँ पनि शुरु गरेको बताउनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार उदयपुरमा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको तथ्याँक रहेको छ । जिल्लाका झण्डै ४० प्रतिशत कृषकले आकाशेपानीको भरमा नै धान रोपाइँ गर्दै आएका छन् । बाँकी कृषकमात्र खोलानाला र आकाशेपानी दुवै प्रयोग गरेर धान रोपाइँ कार्य गर्दै आएको संबद्ध अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu