ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यम्घाको दर्पुकमा पहिलोपटक बस पुग्यो


bhawani desk
७ असार २०७५, बिहिबार   १० : ३४   बजे

पाल्पा, ७ असार ।  पाल्पाको बगनासकाली–६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ ।

बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो । लु १ ख ७७७६ नंका बस चालक कुलबहादुर गाहाले पहिलोपटक गाउँमा बस पु¥याउनुभएको हो । स्थानीयवासीले हर्षित हुँदै बसका चालकलाई फूलमालाले स्वागत गरेका थिए ।

गाउँपालिकाको आव २०७४÷०७५ को मौलेभञ्ज्याङ्ग दर्पुक सडक सुधारका लागि विनियोजित रु ४० लाख बजेटमा सडक चौडा पारिएको छ ।

बगनासकाली गाउँपालिकाको मौलेभञ्ज्याङ्मा आठवर्ष अगाडिदेखि साँघुरो सडक र अप्ठ्यारो घुम्ती छिचोल्दै दैनिकजसो तानसेनसम्म जिप सञ्चालन हुँदै आएपनि सडक चौडा नपारिँदा यात्रुले समस्या भोग्दै आएका छन् । सडक चौडा भएसँगै गाउँमा बस पुगेपछि स्थानीयवासीले खुशियालीमा एकअर्कामा अबीरजात्रा गरेका थिए । दर्पुक गाउँमा सीमान्तकृत बोटे समुदायको समेत बाक्लो बस्ती रहेको छ ।

सुधारिएको सडकबाट गाउँमा गाडी पुगेको बगनासकाली गाउँपालिकाका प्रवक्ता एवं वडा ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो । गत आवको गाउँपालिकाको सबैभन्दा बढी रकमको बजेट यसै क्षेत्रमा राखिएको थियो, आगामी वर्ष यसको स्तरोन्नति गरी नियमित बस जाने बनाउन पहल गरिने उहाँले बताउनुभयो ।

नियमित बस आएपछि आवतजावतमा सहज हुने स्थानीय रामप्रसाद भट्टराईले बताउनुभयो । गाउँबाट नियमित बस सञ्चालन भएमा सिमाना जोडिएका जिल्ला स्याङ्जाको मालुङ्गा, बेल्टारी, जैपतेलगायतका स्थानीयलाई पनि ठूलो राहत मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group