ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजविराजमा प्रदेश २ मा “विपद् व्यवस्थापन कार्यदल”


एबीसी न्यूज
८ असार २०७५, शुक्रबार   ११ : ५९   बजे

सप्तरी, ८ असार । राजविराजस्थित संघीय प्रहरी इकाई कार्यालय बिरगन्जमा सार्ने प्रस्ताव गरिएको छ । संघीय प्रहरी इकाई कार्यालयलाई बिरगन्जमा सार्ने प्रस्ताव गरिएसँगै अब यस कार्यालय भवनलाई प्रदेश २ को “विपद व्यवस्थापन कार्यदल” को मुख्य कार्यालयको रुपमा रहने गरि प्रस्ताव अघि सारिएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी दिनेश अमात्यले जानकारी दिनुभएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख अमात्यले प्रस्तावित यस कार्यालयमा विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम प्राप्त प्रहरीहरु रहने जानकारी दिएका छन् । ती प्रहरीले बाढी, पहिरो, आगलागि लगायतका विभिन्न विपद् आएको बेला प्रदेश २ प्रहरीको मातहतमा रहने गरि विपद् व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।
प्रदेश २ प्रहरीको मातहतमै प्रहरी निरिक्षकको नेतृत्वमा कम्तिमा १ सय २५ जना विपद व्यवस्थापन सम्बन्धी तालिम प्राप्त प्रहरी रहने प्रस्ताव अघि सारिएको उहाँले जानकारी दिनुभयो ।

राजविराजमा प्रस्तावित विपद व्यवस्थापन कार्यदल प्रदेश २ को मुख्यालयको रुपमा स्थापना गरिने समेत डिआइजी अमात्यले बताउनुभयो ।
मुलुक संघीय संरचनामा जानु अघि यस कार्यालय ६ जिल्लाको हेडक्वाटर हुने गरेको थियो । सगरमाथा अंचल प्रहरी कार्यालयको नामबाट संचालित यस कार्यालयले सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु प्रहरी कार्यालयलाई हेर्न ग¥थ्यो । मुलुक संघीयतामा गएसँगै कार्यालयको नाम संघीय प्रहरी इकाई कार्यालय राखिएको हो ।

बि.सं. २०६१ साल अघि तत्कालिन अंचल प्रहरी कार्यालयबाटै यातायात कार्यालयको सहकार्यमा सवारी चालक अनुमति पत्र दिने व्यवस्था रहेको थियो । यस कार्यालयबाट सवारी चालक अनुमति पत्र दिने व्यवस्था २०६१ सालपछि यातायात कार्यालय लहानको मातहातलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu