ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प


bhawani desk
८ असार २०७५, शुक्रबार   ६ : १२   बजे

 

वासिङ्टन, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताउनुभएको छ ।

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न व्यक्तिबाट आलोचनात्मक विचारहरु आइरहेका बेला राष्ट्रपति ट्रम्पले यो भनाइ राख्नुभएको हो ।

यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा विभिन्न रुपमा आलोचना भइरहेको छ ।

कतिपय अमेरिकी नागरिकले नै सम्झौतामा हस्ताक्षर गरेबमोजिम उत्तर कोरियाले निशस्त्रीकरण गर्न नसक्ने बताउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले मन्त्रिपरिषदको बैठकमा उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताउनुभयो ।

मन्त्रिपरिषद बैठकमा उहाँले उत्तर कोरियाले उसका चारमध्ये एउटा यस्तो शक्तिशाली केन्द्र भत्काइसकेको छ र जसका कारण अन्तर्राष्ट्रिय समुदायमा पनि उसप्रतिको सकारात्मक प्रतिक्रिया आएको छ भन्नुभएको मन्त्रिपरिषदको बैठकलाई उद्धृत गर्दै जनाइएको छ ।

गएको जुन १२ मा सिङ्गापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिनुभएको समाचार आएको थियो ।

तर उत्तर कोरियाको भनाइको विश्वास पूर्ण रुपमा गर्न नहुने भन्दै अमेरिकी समुदायले नै राष्ट्रपति ट्रम्पको आलोचना गरिआएका छन् ।

उत्तर कोरियाले अमेरिकासहित विश्वका दश देशका पत्रकारलाई नै आमन्त्रण गरी उनीहरुको रोहवरमा उक्त आणविक केन्द्र भत्काएको थियो । तर त्यहाँ कतिवटा यस्ता केन्द्र छन् भन्ने बारेमा भने विज्ञहरुको विचार फरक फरक आएको छ ।

कतिपयले त्यहाँ शक्तिशाली छ वटा यस्ता आणविक केन्द्र भएको बताउँछन् भने केहीले यहाँ यस्ता केन्द्रहरु चारवटा मात्र रहेका बताउने गरेका छन् ।

यसरी उनीहरुका विचारमा आणविक केन्द्र पनि उत्तर कोरियाले सबैजसो नष्ट गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।

तर राष्ट्रपति ट्रम्पले भने आफू उत्तर कोरिया पूर्ण रुपमा नै निशस्त्रीकरणमा जाने कुरामा आफू विश्वस्त भएको बताउनुभएको छ । उहाँले अमेरिकी मन्त्रिपरिषदको बैठकमा पनि सोही जवाफ दिनुभएको बताइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group