ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको पानी काठमाडौंमा दशैंअघि कति सम्भव ?


admin
१२ असार २०७५, मंगलबार   ९ : २५   बजे

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको मेलम्चीको पानी दशै अघि नै आउने निश्चित भएको छ । निर्माण कम्पनीले समय थपको लागि दबाव दिएको भए पनि मन्त्रालयले दशै अघि पानी आउने दाबी गरेको छ ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको औपचारीक रुममा अन्तिम ‘ब्रेक थु्र’ भएपनि लामो समयसम्म मेलम्चीको पानी पिउने राजधानीबासीको सपना लम्बिएको थियो । सुरुङ निमार्ण कम्पनीले समय थपको माग गर्दै आएका कारण दशैंमा पानी काठमाडौं पुर्याउने खानेपाली मन्त्रीको योजना पनि रोकिने हो कि भन्ने आशंका व्याप्त थियो । तर, खानेपानी मन्त्रालयले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्धारित समयमै पानी आउने दाबी गरेको छ । निमार्णकम्पनी सीएमसी, मेलम्ची खाानेपानी आयोजना, एसियाली विकास बैंक लगायत सम्बन्धित निकायको छलफल र सहमतिपछि दशै अघि नै निमार्ण कम्पनीले मेलम्चीको पानी राजधानी ल्याउनेभएको छ ।

मन्त्रीको यो दाबीपछि लामो समयको प्रतिक्षामा रहेको मेलम्ची पानी काठमाडौबासीले पाउने सुनिश्चितता बढेको मान्न सकिन्छ । मेलम्ची खानेपानी आयोजनाको कुलको खर्चको २० प्रतिशत नेपाल सरकारले लगानी गरेको छ भने ८० प्रतिशत लगानी एसियाली विकास बैंक (एडिबी) को सहयोग छ । सबै पक्षबीच सहमति भएपछि सुरङ भित्रको व्यवस्थापन, ड्याम निमार्ण, सुरक्षा लगायतको संरचनाको काम तिब्र गतिमा बढेको छ ।

गत चैतको अन्तिम साता मेलम्ची खानोपानी आयोजनाको २६ किलोमिटर लामो मुख्य सुरुङको ब्रेक थ्रु भएको थियो । तर, सुरुङ निमार्ण कम्पनीले विभिन्न नाममा भेरिएसन देखाई कबोल गरिए भन्दा थप रकमको माग गर्दै नपाए काम रोक्नेसम्मको बार्गेनिङ गरेको थियो । निर्धारित समय घर्काउने दिशामा नर्माण कम्पनी सीएमसी देखिएपछि मन्त्रालयले मन्त्रालयले समस्यालाई समाधानको पहल गरेको छ । अब भने कुनै पनि हालतमा दशै अघि पानी आउने दाबी छ मन्त्रालयको ।

मेलम्चीको पानी ल्याउने बिषय गरिएको पत्रकार सम्मेलनमा बाग्मतीको पानी समेत असार १५ पछि काठमाडौ आउने जानकारी दिइयो । तर, मन्त्री मगरका प्राविधिक सल्लाहकारहरुले बागमतीको ४ हजार करोड लिटर पानी असार १५ पछि काठमाडौं ल्याउने दाबी गरे ।

सल्लाहकारहरुले लेखेको लिखित रिपोर्टकै आधारमा मन्त्रीले समेत ४ हजार करोड लिटर नै ल्याउने बताइन । ३० वर्षसम्म १७ करोड लिटर पानी मेलम्चीबाट ल्याउन नसकेको सरकारले चार हजार करोड लिटर पानी कसरी ल्याउन सक्ला ? कसैको ध्यान पुगेको देखिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group