ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुग्लिन–नारायणगढ सडकमा पहिरोको ओइरो, जोखिमपूर्ण यात्रा


admin
१२ असार २०७५, मंगलबार   ९ : ३१   बजे

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको स्तरोन्नतिको क्रममा ३३ दशमलब २ किलोमिटर सडकमा प्रथम चरणको कालोपत्रे भइसकेको छ । कालोपत्रे भएस“गै सवारीसाधन सहज तरिकाले संचालन भइरहेको छ । तर, यस सडकखण्डमा जोखिम भने घटेको छैन । सडक खण्डमाथिबाट झर्ने पहिरोले बाटो अवरुद्ध बन्ने र दुर्घटना हुने जोखिम कायमै छ ।

देशकै लाइफलाइनको रुपमा रहेको नारायाणगढ मुग्लिङ्ग सडकखण्ड बिस्तारको काम अहिले अन्तिम चरणमा रहेको छ । अहिले सम्ममा करिब ९४ प्रतिशत काम सम्पन्न भइससकेको छ । जेठ १८ सम्मकाम सम्पन्नगर्नुपर्ने सडकको अबथोरै काममात्रै बाकी रहेको छ । सडक कालोपत्रै भएसँगै अहिले उक्त सडकखण्ड हुदै यात्रा गर्न सहजभएको छ । सडक सहज भए पनिपहिरोको जोखिमभने उच्च रहेको छ ।

सुख्खायाममा सुख्खापहिरो र बर्खामा पहिरोको उच्चजोखिममा रहेको उक्त सडकखण्डमा सडकको स्तरउन्नतीको लागि पहाड र चट्टान काटिएकोले पनि पहिरोको जोखिम बढी रहेको छ । उक्त सडक खण्डमा ३२ स्थानलाई पहिरोको उच्चजोखिमको क्षेत्र निर्धारण गरिएको थियो । उक्त क्षेत्रमा पहिरो रोकथामको लागि २१ स्थानमा बायो इन्जिनियरिङ्गको कामभइसकेको छ भने अन्य ११ स्थानमा अहिले पहिरो रोकथामको कामचलिरहेको छ । ११ स्थानमा पहिरोको जोखिम न्युनिकरण १४ करोडको ठेक्कामा जुट नेटिङ्ग , रक नेटिङ्ग , रक बोल्टिङ्गलगायतको कामचलिरहेको र असार अन्तिमसम्मकाम सकिने नारायणगढ मुग्लिङ्ग सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिवखनालले जानकारी दिए ।

पानी पर्न सुरु भइसक्दा पनि पहिरो रोकथामको काम अझै नसकिएकोले यस बर्ष पनि नारायणगढ मुग्लिङ्ग सडक खण्ड अन्तर्गत बिभिन्न स्थानमापहिरो खस्ने सम्धावना उच्च रहेको छ । पहिरो रोकथामको कामका लागि मात्रै करिब १४ करोडको ठेक्का सम्झौता भएर काम हुदै आएको छ । पहिले पहिरो सस्ने गरेको स्थानभन्दा नयाँ ठाँउमा पहिरो खस्न सक्ने जोखीम रहेकोे चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउ“छन् ।

सडक बिस्तारका लागि पहाड र चट्टान फुटाएर काम गरेसँगै नारायणगढ मुग्लिङ्ग सडकखण्डमा पहिरो खस्न थालेको हो । सडकबिस्तारको काम हुनुअघि उक्त सडकखण्डमा खासै पहिरो खसेको थिएन । सडकबिस्तारको काम सुरु भएयता अहिले सम्म पहिरो खसेर १९ वटा यातायातका साधनमा क्षति पुगेको छ भने १० जनाको मृत्यु अनि १३ जना घाइते भएका छन् । पहिरोमा परेर ३ जनाप्रहरीको समेत मृत्यु भएको र १ जनाप्रहरी र प्रहरीको एउटा गाडीसमेत पहिरोमा परेर त्रिशुलीमा हराइरहेको र हालसम्मपनि फेलानपरेको जिल्लाप्रहरी कार्यालय चितवनका प्रवक्ता शिवशर्मा आचार्यले जानकारी दिए ।

पहिराका कारणले उक्त सडकखण्डमा घण्टौसम्मजाममा परेर यात्रु र सवारीचालकले सास्ती खेप्नु परेको छ । यात्रुहरु उनीहरु जोखिम मोलेरै भएपनि यात्रागर्न बाध्य छन् । यो बर्षातमा पनि यात्रुहरुले जोखिम मोलेर यात्रा गर्न पर्ने अवस्था देखिएको छ । पहिरो रोकथामका लागि विभिन्न काम भएको भए पनि पहिरोको जोखिमभने यथावत नै रहेको छ । यसतर्फ सम्वन्धित निकाएको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group