ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेवारी संस्कृति तथा कला झल्किने मूर्तिकला प्रदर्शनी


bhawani desk
१३ असार २०७५, बुधबार   १० : २२   बजे

काठमाडौं, १३ असार ।  नेपाल कला परिषद्मा वरिष्ठ मूर्तिकार चन्द्रश्याम डंगोलको नेवारी संस्कृति तथा कला झल्किने एकल मूर्तिकला प्रदर्शनी भइरहेको छ ।

दसदिने सो प्रदर्शनीमा बज्रयान बौद्धधर्मसँग सम्बद्ध महामन्जुश्री, लक्ष्मी, बुद्ध चरित्र, लोकेश्वर, पानस, सुकुन्दा, शुभकार्यका प्रतीक गणेश तथा बौद्ध स्तुपा तथा चिभासहित १७ वटा आकर्षक मूर्ति राखिएको छ ।

इनहेरिटेन्स नाम दिइएको सो प्रदर्शनीमा लामा बौद्धधर्मसँग सम्बद्ध छोर्टेन पनि राखिएको छ । दर्शकको आकर्षण विशेष गरेर छोर्टेन, महामन्जुश्री तथा कुवेरको मूर्तिमा केन्द्रित रहेको र अधिकांशले आफ्नो मोबाइलमा तस्वीर कैद गरेको पाइयो ।

रासससँग कुरा गर्दै कलाकार डंगोलले आफू २५ वर्षदेखि ढुंगाबाट मूर्ति बनाउने काममा व्यस्त रहेको जानकारी दिँदै सुकुन्दा तथा पानसजस्ता कृतिले नेवारी कलालाई देशविदेशमा पहिचान गर्न मद्दत मिल्ने बताउनुभयो ।

६६ इन्च अग्लो छोर्टेनको प्रस्तर मूर्ति आकर्षक देखिएको छ भने कुवेरको मूर्ति १६ इन्च अग्लो रहेको छ । ललितपुरको खोकनामा जन्मनुभएका डंगोलले सन् २०१० मा चीनमा भएको विश्व संघाई एक्सपो–२०१० मा भाग लिनुभएको थियो । त्यो प्रदर्शनीमा उहाँले १२ फिट अग्लो उभिइरहेको बोधिसत्वको मूर्ति प्रदर्शन गर्नुभएको थियो ।

आफैँले निर्माण गरेको १८ फिट अग्लो मैत्रेय बुद्धको मूर्ति बारामा स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ३३ फिट अग्लो विश्वकै सबैभन्दा अग्लो महामन्जुश्रीको मूर्ति काठमाडौँको चोभारमा स्थापना गर्ने कार्य भइरहेको छ ।

गत असार ५ देखि शुरु भएको सो मूर्तिकला प्रदर्शनी असार १४ सम्म सञ्चालन हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group