ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगुरोग सार्ने लामखुट्टेको बासस्थानको खोजी,लार्भा नष्ट गर्न सुरु


bhawani desk
१३ असार २०७५, बुधबार   १२ : ५८   बजे

 चितवन, १३ असार ।  डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन ।

घर वरपर भाँडोमा पानी जमेर डेंगुरोग सार्ने लामखुट्टे हुर्कंदासमेत सरसफाइमा स्थानीय सचेत नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।

रोग नियन्त्रणका लागि सचेतना कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मी यसतर्फ जनस्वास्थ्य कार्यालयले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले स्थानीय सचेत हुन नसकेको भन्दै जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षणसमेत गराएका छन् ।

मुख्यगरी घर वरपर जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टेका लार्भा हुर्कने र लामखुट्टे बन्ने गर्छ । यस्ता भाँडा र टायरको बट्टामा पानी जम्न दिनु हुँदैन भन्ने जानकारी हुँदाहुँदै पनि सरसफाइमा स्थानीय समुदाय सचेत नभएको महिला स्वास्थ्य स्वयंसेविका शुभद्रा श्रेष्ठ बताउछिन ।

“मानिसको सोचमा परिवर्तन आएको छैन, सबै काम स्वयंसेविका र जनस्वास्थ्य कार्यालयले गर्दिए हुन्थ्यो भन्छन्, आफ्नो अनुभव सुनाउँदै श्रेष्ठले भने, “अब उनीहरुको घर पनि हामीले सफा गर्दिने हो र ?”

रोगबारे सचेतना जगाउने, जानकारी दिने र सावधानी अपनाउने विषयमा जानकारी दिइने काम स्वास्थ्य स्वयंसेविकाको हो तर आफूहरुले भनेको धेरैजसोले नमान्ने गरेको गुनासो स्वयंसेविकाको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले सरसफाइ गर्नुभन्दा नमान्नेलाई तुरुन्त जानकारी दिन स्वयंसेविकालाई आग्रह गरे ।

विगतमा जनस्वास्थ्यका कर्मचारी देखिनेवित्तिकै यहाँ सफा गर्नु प¥यो भनेर भन्ने गरेको तीतो अनुभव सुनाउँदै केसीले पछिल्लो समयमा भने उनीहरुलाई नै सफा गर्न लगाउने गरेको बताएका छन ।

विगतमा हाम्रो घरमा पनि टायर छ, सफा गरिदिनुप¥यो भनेर फोन आउने गरेको अनुभव उनले सुनाए ।

भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन श्रेष्ठ स्वास्थ्यकर्मीको काम नै सचेतना फैलाउने भएको भन्दै यसतर्फ स्वयंसेविकाले चुस्त भएर काम गर्नुपर्नेमा जोड दिएका छन । श्रेष्ठले भने, “यो रोगबारे स्थानीयमा विगतभन्दा सचेतना बढेको हो ।

चितवनमा यो आर्थिक वर्षमा ५८ जनामा डेंगु रोग देखिएको छ । डेंगु फैलन सक्ने भन्दै जनस्वास्थ्य कार्यालय चितवनले अहिले लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालेको छ ।

आजदेखि भरतपुर महानगरपालिकामा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group