ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पमा फरार कैदी सम्पर्कमा आउन थाले


एबीसी न्यूज
१३ असार २०७५, बुधबार   ५ : ३५   बजे

चौतारा, १३ असार। गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीबन्दी धमाधम सम्पर्कमा आउन थालेका छन् ।

लामो समयसम्म सम्पर्कमा नआएपछि कैद भुक्तान हुन थोरै समय बाँकी रहेकलाई पनि ५० प्रतिशत थप सजाय गर्ने जिल्ला अदालत सिन्धुपाल्चोकले हालै निर्णय गरेपछि फरार कैदी बाध्य भएर सम्पर्कमा आउन थालेका हुन् ।

यसै साता पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका विशाल तामाङ सम्पर्कमा आएका छन् । बीस वर्ष कैद तोकिएका तामाङले थप ५० प्रतिशतले अब ३० वर्ष जेल भुक्तान गर्नु पर्नेछ ।

त्यस्तै सोही गाउँका कर्तव्य ज्यान मुद्दामा सजाय पाएका ६२ वर्षीय मार लामाले पनि सम्पर्कमा आएपछि थपसमेत गरी अझै १३ वर्ष जेल सजाय भोग्नुपर्नेछ । यसअघि उनले १७ वर्ष दुई महिना सजाय काटिसकेका छन् ।

भूकम्प आएलगत्तै कारागारबाट भागेका २१६ जनामध्ये १२० जना सम्पर्कमा आइसकेका छन् । बाँकी ९६ जनामध्ये नौ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिक भएको कारागार शाखाका निमित्त प्रमुख नवराज सेनले जानकारी दिनुभयो ।

भूकम्पले भवन भत्केपछि स्थान अभावले विगत तीन वर्षदेखि त्यहाँबाट कैदी तथा थुनुवालाई अन्यत्र पठाउने गरिएको थियो । हाल महिलाबन्दी गृह ममर्त गरी सञ्चालनमा ल्याएपछि त्यहाँ ७५ कैदीबन्दीलाई राखिएको छ ।

बजेटको व्यवस्था भएमा आगामी छ महिनाभित्रमा पुरुषबन्दी गृहलाई ममर्त गर्न सक्ने कारागार शाखाले जनाएको छ । सो गृहको ममर्तका लागि रु ४२ लाख बजेट लाग्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।

सो भवन मर्मत भएपछि महिला सय जना गरी कुल २४० जना बन्दी राख्न सकिनेछ । महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै व्यवस्था हुने गरी निर्माणाधीन भवन ठेकदारले तेस्रो किस्ता लिन बाँकी हुँदै भत्केको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu