ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्झौता भएको छ महिना बित्दा पनि पीडित नर्सले क्षतिपूर्ति पाएनन्


bhawani desk
१३ असार २०७५, बुधबार   ५ : ५८   बजे

काठमाडौंं, १३ असार । स्वास्थ्य मन्त्रालयले धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रलाई सम्झौताबमोजिम पीडित नर्सलाई एक साताभित्र क्षतिपूर्ति दिन निर्देशन दिएको छ ।

छ महिनाअघि मानवअंगमा कार्यरत नर्सद्वय त्रजिता जती र सजिना धौलालाई अन्याय भएको विषय बाहिर आएपछि देशव्यापी नर्स आन्दोलन भएको थियो । न्याय पाउनुपर्ने विषयसहित नर्सका अन्य विषयलाई लिएर नेपाल नर्सिङ संघको नेतृत्वमा आन्दोलन देशव्यापी बनेपछि गत माघमा स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघबीच एघार बुँदे सम्झौता भएको थियो ।

सम्झौताको बुँदा नं १ मा नै मानवअंगले एक महिनाभित्र पीडितद्वय त्रजिता र सजिनालाई ७५ प्रतिशत क्षतिपूर्ति दिनुपर्ने र पुनर्वहाली गर्ने कुरा उल्लेख थियो । जागिरमा पुनस्र्थापन भए पनि अहिलेसम्म क्षतिपूर्ति नपाएको भन्दै पीडितद्वयले आन्दोलन शुरु गरी भोकहडताल गर्ने चेतावनी दिएपछि मन्त्रालयले नेपाल नर्सिङ संघ, मानवअंगका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र पीडितलाई बोलाएर छलफल गरेको थियो ।

मन्त्रालयका सचिव डा पुष्पा चौधरीले कार्यकारी निर्देशक श्रेष्ठलाई एक हप्ताभित्र सम्झौताबमोजिम क्षतिपूर्ति दिन निर्देशन दिनुभएको छ । तर कार्यकारी निर्देशक श्रेष्ठले भने मन्त्रालयले आधिकारिक रुपमा पत्र नआएसम्म रकम नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “मौखिक रुपमा भनेर कसरी दिनु मन्त्रालयले कुन शीर्षकबाट रकम दिने भन्ने खुलाएर पत्र दियो भने म एक मिनेट ढिलो नगरी पैसा दिन्छु, अन्यथा सकिँदैन, व्यक्तिगत रुपमा मैले दिने कुरा भएन ।”

पीडित नर्स सजिना धौद्याले अब क्षतिपूर्ति नपाए भोकहडताल गर्ने त्यसको जिम्मेबार मन्त्रालय, मानवअंग र नर्सिङ संघ हुने चेतावनी दिनुभएको छ । मन्त्रालयले नै नेतृत्व गरी गरेको सम्झौतामा मानवअंगलाई लिखित पत्र नदिइनु विषयप्रति गम्भीर नभएको पीडितको भनाइ छ । मन्त्रालयले आइतबार अस्पतालका नाममा पत्र पठाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group