ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भण्डारी कलेजलाई नमूना बनाउनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड


bhawani desk
१४ असार २०७५, बिहिबार   १२ : २६   बजे

काठमाडौं,१४ असार । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पाँच वर्षभित्र मुलुुकको परिवर्तन गर्ने बताउनुभएको छ ।
भण्डारी मेमोरियल कलेजको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताले अनुभूति गर्ने खालेका काम गरी पाँच वर्षभित्र मुलुकको विकास गर्ने बताउनुभएको हो ।

नयाँ गतिका साथ विकास निर्माण गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल र सुखी नेपाल’को अभियानलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो । स्व. नेता भण्डारीको नाममा स्थापित यस कलेजलाई नमूना कलेजका रुपमा विकास गर्नुपर्ने जोड दिँदै उहाँले भन्नुभयो, “ यो कलेज अन्य कलेजभन्दा फरक उत्कृष्ट कलेज बनाउनुपर्दछ ।

सांसद कृष्ण राईले कलेजलाई अझ विस्तार गरी छुट्टै पहिचान दिलाउनु पर्नेमा जोड दिँदै मदन भण्डारीको नाम र विचारलाई स्थापित गर्न जरुरी छ भन्नुभयो ।

सहायक क्याम्पस प्रमुख निरुजा फुयालले कलेजलाई विश्वविद्यालय बनाउन तयारीका साथ काम भइरहेको र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले कलेजले गरिबी, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको पनि जानकारी दिनुभयोे ।

सोही अबसरमा मुख्यमन्त्री पौडेलले पत्रकार भवानीश्वर गौतमलाई ‘मदनभण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ प्रदान गर्नुभयो । रु २५ हजार राशि रहेको उक्त पुरस्कार हरेक वर्ष शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकारलाई प्रदान गरिदै आएको छ । कलेजमा दशजोड दुईदेखि स्नातकोत्तर तहसम्म करीब एक हजार २०० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रेनु दाहालको अपिल– ‘कामबाट प्रमाणित, इमानदार जनप्रतिनिधि छान्नुहोस्’

धादिङ–२ : कांग्रेसको विरासत जोगाउने र एमालेको फर्किने दाउ,

धादिङ–१ : वामपन्थीहरुको गढमा आशिकाको इन्ट्रीले रोचक बन्दै चनुावनी मैदान

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group