ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहामा पाँच प्रतिशत मात्र धान रोपाइँ, ९५ प्रतिशत अझै धान रोपाइँ हुन सकेन


bhawani desk
१५ असार २०७५, शुक्रबार   ४ : ४९   बजे

 लहान, १५ असार। सिरहामा अहिलेसम्म पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ ।

लामो समयदेखि वर्षा नभएपछि असार १५ सम्ममा ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन । लामो समयदेखि वर्षा रोकिएको तथा सिँचाइको सुविधासमेत नभएका कारण असार १५ सम्ममा करीब पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।

यसवर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र समयमा वर्षा पनि नभएकाले अत्यन्तै कम जग्गामा धान रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो ।

असारको १५ गतेसम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म पाँच प्रतिशतमात्र धान रोपाइँ भएको उहाँले बताउनुभयो ।

वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् ।

यस्तै कृषि मजदूरको अभावमा पनि वर्षेनी धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाइको अभाव अर्काेतिर आवश्यकताअनुसार कृषि मजदूर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । सिरहामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

सिरहामा कूल ७३ हजार ९१३ हेक्टर कृषियोग्य जग्गामध्ये ६० हजार ७५७ हेक्टरमा धानखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group