ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीतिगत सुधारका कारण पुन : निर्माणमा तीव्रता


abc tv news
१६ असार २०७५, शनिबार   १० : १७   बजे

काठमाडौं,१६ असार । निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिलाई स्थानीयस्तरमा खटाउने लगायत नीतिगत व्यवस्थाका कारण निजी आवास पुनःनिर्माणले तीव्रता पाएको छ ।

भूकम्पले घर भत्किई पुनःनिर्माण शुरु भएका निजी घर पाँच लाख नाघेको छ । निजी आवासका लागि अनुदान सम्झौता गरिएका कूल सात लाख २० हजार ७४३ लाभग्राहीमध्ये ६९.४७ प्रतिशतले घर निर्माण शुरु गरेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा हालसम्म प्राप्त तथ्यांकअनुसार पाँच लाख ७३६ घरको पुनःनिर्माण शुरु भएको छ । एक लाख ९४ हजार ७३१ घरको पुनःनिर्माण सम्पन्न भएकोे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताउनुभयो ।

सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७३ हजार ४१९ घरको पुनःनिर्माण शुरु भएको छ । नुवाकोटमा ६४ हजार १६१, धादिङमा ५९ हजार ३९८, गोरखामा ५२ हजार ४४८, दोलखामा ५२ हजार २३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८०२ र रामेछापमा ३८ हजार ३४२ घरको पुनःनिर्माण शुरु भएको उहाँले जानकारी दिनुभयो ।

अति प्रभावित १४ जिल्लाका अतिरिक्त कम प्रभावित १८ जिल्लामा पनि निजी आवास पुनःनिर्माणले गति लिएको छ । कम प्रभावित जिल्लामध्ये लमजुङमा सबैभन्दा धेरै चार हजार ७४५ घरको पुनःनिर्माण शुरु भएको छ । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या पनि बढ्न थालेको छ । चार लाख ५५ हजार ५८१ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि दुई लाख छ हजार ८९२ लाभग्राहीयोग्य भएका छन् ।

पछिल्लो समय गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या पनि थपिएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अहिलेसम्म छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त विश्लेषणबाट २० हजार ३१० पुनःनिर्माण लाभग्राही थपिएका छन् । त्यसैगरी ११ हजार २९७ प्रबलीकरण लाभग्राही थपिएका छन् । प्राधिकरणकोे कार्यकारी समिति बैठकले नौ जिल्लाका १७ स्थानीय तहका छ हजार २८२ पुनःनिर्माण लाभग्राही र दुई हजार ८५७ परिवारलाई प्रबलीकरण लाभग्राही सूचीमा थप गरेको छ ।

भूकम्प प्रभावित लाभग्राहीले पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्ता रु एक लाख पाउँछन् । भूकम्प प्रभावित जिल्लाका सात लाख ८८ हजार १५ परिवार लाभग्राही सूचीमा समावेश छन् । तीमध्ये सात लाख २० हजार ७४३ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गर्नेमध्ये सात लाख १२ हजार १३ लाभग्राहीले पहिलो किस्ता लिएर पुनःनिर्माण शुरु गरेका छन् । दोस्रो किस्ताका लागि चार लाख ५७ हजार ५३६ लाभग्राही प्रमाणीकरण भएका छन् । तेस्रो किस्ताका लागि दुई लाख १२ हजार ७१९ लाभग्राही प्रमाणीकरण भएको प्राधिकरणले जनाएको छ । प्रबलीकरण सूचीमा ३६ हजार २८८ परिवार परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu