ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपहाडी राजमार्गमा तीन पुल निर्माणमा ढिलाइ


एबीसी न्यूज
१६ असार २०७५, शनिबार   ११ : २५   बजे

पाँचथर १६ असार । मध्यपहाडी(पुष्पलाल) राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङ नजीकका पुल निर्माणमा ढिलाइ भएको छ । उद्गमस्थल पुग्नका लागि बन्नैपर्ने तीन पुलको एक वर्षअघि नै ठेक्का प्रक्रिया पूरा भए पनि काम हुन सकेको छैन । ओसाम खोला, खँदुवा खोला र सुखा खोला पुल निर्माणमा ढिलाइ भएको हो ।

ठेक्का सम्झौताको मितिअनुसार काम सक्नुपर्ने समय अझै एक महीना समय बाँकी नै रहे पनि सोे अवधिमा काम सकिने कुनै संकेत छैन । पाँचथरखण्डको गणेश चोकदेखि ५४ किलोमिटर माथि पर्ने ती पुल निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सन प्रालिले लिएको छ ।

तीन पुलबाहेक गणेश चोकदेखि चिवाभञ्ज्याङसम्मको खण्डमा १० पुल निर्माण हुनेछन् । त्यसमध्ये धेरै पुल बनिसकेका छन् । केही बन्ने क्रममा छन् । छाँगे–१ र छाँगे-२, शिवा खोला पुल, ओयाम खोला पुल, फलामे खोला पुल, सुवा खोला पुल, मेवा खोला पुल निर्माण भएको र निर्माण हुने मुख्यमध्येका पर्छन् ।

त्यसमध्ये केही पुल बनिसकेर सवारी आवतजावतसमेत भइरहेको छ । तिनको कागजी प्रक्रिया पूरा भइनसकेको आयोजना कार्यालयले जनाएको छ । कामै शुरु नभएका तीन पुल हालसम्ममा बनिसक्नुपर्ने थियो ।

पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीमा शंका पैदा भएको छ । आलटाल गर्दै काम लम्बिँदै जाने कार्यले शंका पैदा गरेको स्थानीयवासीको भनाइ छ । तत्काल काम थाल्नका लागि आयोजना कार्यालयले चासो दिनुपर्ने नागरिक समाजका अर्जनु वेगाले बताउनुभयो । लोकमार्गको गणेशचोकदेखि चिवाभञ्ज्याङसम्मको ६० किलोमिटर दूरीमा बन्दै गरेका संरचनामा स्थानीयवासीले चासो दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu