ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारिणी स्मृति सञ्चारग्राम इतिहासको विरासत:मन्त्री बाँस्कोटा


bhawani desk
१६ असार २०७५, शनिबार   ३ : ४२   बजे

विराटनगर, १६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तारिणीप्रसाद स्मृति सञ्चारग्रामले इतिहासको विरासत थाम्ने भएकाले सोको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको छ ।

तारिणीप्रसाद सञ्चारग्राम निर्माणसम्बन्धी कार्यका लागि गठन भएको परियोजना समन्वय समितिको आज विराटनगरमा बसेको विशेष बैठकमा उहाँले प्रजातान्त्रिक रेडियोको रुपमा नयाँ जीवन शुभारम्भ गर्नु भएका स्वर्गीय तारिणीप्रसाद कोइरालाको सम्झनामा निर्माण हुन लागेको सञ्चारग्राम नेपालकै नमूनाको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रजातान्त्रिक आन्दोलनको बीचमा रेडियो स्थापना गरेर आन्दोलनको सन्देश जनतासम्म पु¥याउने घटना सम्भवतः अन्य मुलुकमा पनि भएको नसुनिएको प्रसंग उल्लेख गर्दे रेडियो इतिहासको सो घटना महत्वपूर्ण घटना भएको चर्चा गर्नुभयो ।

नेपालको प्रजातान्त्रिक इतिहाससँग जोडिएको सो सञ्चारग्रामको निर्माण कार्य गुणस्तरीय हुनुपर्ने र डिजाइनअनुरुप समयमै निर्माण कार्य सम्पन्न गर्नका लागि अग्रसर हुन निर्माण कार्यमा संलग्न निकायलाई सञ्चारमन्त्रीले सचेत गराउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चारग्राम निर्माणका लागि महानगरपालिकाले ६ कठ्ठा जग्गा उपलब्ध गराएको र निर्माण कार्यको महानगरपालिकाको प्राविधिकका साथै आपूmले पनि समय समयमा अनुगमन गर्ने गरेको बताउनुभयो ।

सो अवसरमा सञ्चारग्राम निर्माणका लागि गठित परियोजनाका संयोजक एवं रेडियो नेपालका निर्देशक सुरेशकुमार कार्कीले निर्माण कार्यको वस्तु स्थितिबारे जानकारी गराउँदै सञ्चार क्षेत्रका साथै साहित्य, कला, सीपमूलक तालीमलगायतको व्यवस्था रहने बताउनुभयो ।

सो सञ्चारग्राम रु १८ करोड २५ लाख ५२ हजारमा सम्पन्न गर्ने लक्ष्य रहेको प्रसंग उल्लेख गर्दै उहाँले रु पाँच करोड ५० लाख रेडियो नेपालबाट बाँकी रकम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपलब्ध गराउने भएको उल्लेख गर्नुभयो ।

मन्त्रीद्वारा स्थलगत निरीक्षण

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज विराटनगर–४ मा निर्माणाधीन अवस्थामा रहेको तारिणीप्रसाद सञ्चार ग्रामको स्थलगत निरीक्षण गर्नुभयो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्माणकार्य गुणस्तरीय हुनुपर्ने, डिजाइनअनुसारनै काम सम्पन्न गर्नुपर्ने विषयमा निर्देशन दिनुका साथै निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group