ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिडियाखानामा रहेको गोही अब सफा देख्न पाउने


एबीसी न्यूज
१९ असार २०७५, मंगलबार   ३ : ०९   बजे

ललितपुर, १९ असार ।   सदर चिडियाखानामा रहेको गोही आगन्तुकले अब सफा देख्न पाउने भएका छन् ।

स्वचालित साधनको प्रयोग गरेर गोही सफा बनाउन लागिएको चिडियाखानाले जनाएको छ । स्वचालित यन्त्रले खोर सफा गर्नेसँगै अक्सिजनको मात्रा बढाउने सहायक निरीक्षक गणेश कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो,“पानीको फोहोरा माथिबाट खस्दा पानीमा अक्सिजनको मात्रा समेत बढ्नेछ । खोर सफा हुँदा आगन्तुक थप आकर्षित हुन्छन् ।

खोरमा स्वचालित यन्त्र जडान गर्ने काम यही आर्थिक वर्षदेखि शुरु भएको हो । काम झण्डै अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “दुई चार दिनमा नै त्यो सञ्चालनमा आउनेछ ।”

चिडियाखानामा रहेका जनावरमध्ये गोही फोहोरी जनावर मानिन्थ्यो । यसअघि खोर नजीक जाँदा गोही हिलामा डुबेको देखिन्थ्यो । उहाँले भन्नुभयो, “यसले गर्दा गोही जुनसुकै समयमा सफा भइरहनेछ ।

राणाकालमा बनेको चिडियाखानामा वर्षेनी सुधार र मर्मतका काम भइरहेका छन् । कतिपय खोरको मर्मत वा पुनःनिर्माण र कतिको क्षेत्रफल बढाउने जस्ता काम भइरहेका छन् । बाइस वर्ष पहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाको जिम्मेवारी लिएयता वर्षेनी सुधारका काम गरिरहेको हो । चिडियाखानामा अहिले एक सय २४ प्रजातिका आठ सय ३७ जनावर छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट छ : प्रचण्ड

जेन–जी शहीद परिवार र घाइतेको सरकारलाई अल्टिमेटम, माग पूरा नभए फेरि सडकमा उत्रिने चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu