ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली पुगेर दिपेश पुनले भने– नेपाली विद्यार्थीले देशको समृद्धिका लागि योगदान गरौं


admin
२५ असार २०७५, सोमबार   ९ : ५६   बजे

नयाँ दिल्ली, २५ असार । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले विदेशमा अध्ययनरत सबै नेपाली विद्यार्थीले आफ्नो देशको समृद्धिका लागि सक्ने योगदान गर्नुपर्ने बताएका छन् ।

हरेक विद्यार्थीले आफूलाई देशको दूत सम्झिएर देशको समृद्धिका लागि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे । आफू बसिरहेको देशमा रहेका नेपालीहरुको हकहित र आफ्नो देश निर्माणका लागि विद्यार्थीहरुले राजदूत सम्झेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

आइतबार भारतको नयाँ दिल्लीस्थित अनेरास्ववियु र अखिल (क्रान्तिकारी) दिल्लीको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष पुनले मुलुकको अबको यात्रा सुशासन र समृद्धितर्फ हुने बताए ।

उनले भने, ‘अबको हाम्रो यात्रा आम नेपालीहरुको अवस्था बदल्न हुनेछ । स्थायी वाम सरकार राष्ट्रिय एकता र स्वाधिनताको जगमा समृद्धिको यात्रातर्फ अघि बढेको छ ।’

नेपाल–भारत सम्बन्धमा केही दलाल र विचौलियाहरुको कारण बेला–बेलामा समस्या परेको भन्दै पुनले फेरिएको परिस्थिति, बदलिएको सरकार र संरचना अनुसार भारतसँग अब नयाँ सम्बन्ध कायम हुनुपर्ने बताए । यसको लागि विद्यार्थीहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ ।

कार्यक्रममा नेविसंघ भारतका पूर्व अध्यक्ष सन्दिप राणाले आस्थाका आधारले जो जहाँ सुकै भएपनि विदेश अध्ययनरत विद्दार्थीहरु एउटै मन र तन लिएर आफ्नो देश र एकले अर्कोलाई पर्दा साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी नयाँ दिल्ली विश्वविद्यालय छात्र संघका पूर्वमहासचिव अकित, नेविसंघ भारतका अध्यक्ष गिरी न्यौपाने, नयाँशक्ति विद्यार्थी यूनियन केन्द्रीय समितिका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख दिपक महतो, अनेरास्ववियू दिल्ली सचिव सागर केसी लगायतले आफ्नो धारणा राखे । कार्यक्रम अखिल (क्रान्तिकारी) दिल्लीका अध्यक्ष मदन बस्नेत र अनेरास्ववियू दिल्लीका नेता सन्देश केसीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu