ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडितले निर्माणाधीन आवास नै अलपत्र


bhawani desk
२५ असार २०७५, सोमबार   ५ : ३१   बजे

पर्वत, २५ असार । गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यहाँ पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता लिन झञ्झटिलो प्रक्रिया छ । जिल्लाका पूर्ण क्षति भएका भूकम्पका पीडितमध्ये हालसम्म १२ प्रतिशतले मात्रै दोस्रो किस्ता लिएका छन् ।

पूर्ण क्षति भएका पाँच हजार २६९ लाभग्राहीमध्ये हालसम्म ५८५ जनाले मात्र दोस्रो किस्ताको रकम लिएका हुन् । स्थानीय तहबाट भुक्तानीका लागि सिफारिश गर्न ढिलाइ भएका कारण पीडित लामो समयसम्म पनि दोस्रो वा तेस्रो किस्ता पाउनबाट वञ्चित बनेका छन् । रकम नपाउँदा कतिपयको निर्माणाधीन आवास नै अलपत्र परेका छन् ।

जिल्लाका सातै स्थानीय तहमा पुस मसान्तमा मात्र प्राविधिक खटिएका थिए । विहादी, पैंयु र जलजला गाउँपालिकामा खटिएका निकै ढिलो गरी कार्यक्षेत्रमा पुगेका थिए । पहिलो किस्ता लगेकाहरु काम शुरु गरी अन्तिम चरणमा पुगेको भए पनि दोस्रो किस्ताबारे अन्योल हुँदा मारमा परेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार भूकम्पमा परी जिल्लाका पाँच हजार २६९ घर पूर्ण क्षति भएका थिए । तीमध्ये हालससम्म चार हजार ७७४ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकमवापत रु ५० हजार लगिसकेका छन् भने अझै ४९५ जना पहिलो किस्ता लिन आएका छैनन् ।

दोस्रो किस्ता लिनका लागि चार हजार ६८५ जना सिफारिश लिनै नआएको एकाइ प्रमुख तथा जिल्ला इञ्जिनीयर जगदीश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहलाई छिटो भुक्तानी सिफारिश गरेर पठाउन ताकेता गरिएको भए पनि अझै आइसकेका छैनन् ।

घर बनाइसकेकाको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण गर्नमा ढिलाइ भएको पाइएको छ । हालसम्म पहिलो किस्तावापत रु २३ करोड ८७ लाख वितरण भइसकेको छ भने दोस्रो किस्तावापत रु आठ करोड ७६ लाख वितरण भइसकेको छ । कतिपयको नाम परिवर्तन भएको, अर्काको जग्गामा बसोबास गरेको र दुई घर भएकाको पहिचान गर्न कठिनाइ भएकाले पनि पुनःनिर्माणमा समस्या देखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group